Header Ads

मिति: वि.सं.२०७२ साल वैशाख २० गते। आइतबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

आज मिति 2015-05-03 तारिख, २०७२ साल वैशाख शुल्कपक्ष चतुर्दशी तिथि, वैशाख २० गते । आइतबार। अनुसार तपाईंको राशी यस प्रकार छ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। कामबाट विश्राम पाइनुका साथै परिवारजनका साथ आनन्दमा समय बित्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको पनि योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
केही प्रतिस्पर्धापछि मात्र फाइदा उठ्नेछ। ढिलै भए पनि काममा सफलता भने मिल्नेछ। तर, केही चुनौती भने सामना गर्नुपर्ला। कामको प्रतिस्पर्धाले शत्रुता बढ्न सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्, सचेत रहनुहोला। व्यापार र यात्राको व्यवस्थापनमा खर्च हुनेछ। चोरी वा ठगीमा परिने सम्भावना छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि बाधा हुन सक्छ। व्यापार व्यवसायमा सामान्य मात्र फाइदा उठाउन सकिएला। काममा पनि अवरोध आउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुपर्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोग लि“दा फाइदा उठाउन सकिनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
ढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच वैरभाव बढ्न सक्छ। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आँटेका काम रोकिन सक्छन्। कममात्र फाइदा हुने समय छ। सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। तापनि, केही अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
केही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ र बिस्तारै फाइदा समेत मिल्नेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्तत: फाइदा हुनेछ। वैदेशिक क्षेत्र लाभदायक रहनेछ। अनुकूल स्थानान्तरण वा टाढाको यात्रा पनि सम्भावना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने योग छ। परिवारिक आवश्यकता पूर्ति हुनेछ। नसोचेको फाइदा हुने समय छ। श्रमको उचित मूल्यांकन होला। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। पितृधनको उपयोगबाट विशेष फाइदा हुने समय छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। मानसम्मानमा आघात वा अनावश्यक ठाउँमा खर्च हुने योग छ, सचेत रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
विशेष योजनाहरू बन्नेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। आस मारेको काम बन्नाले थप काम गर्न उत्साह जाग्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
केही धनमाल हराउने वा नष्ट हुने सम्भावना छ। पठनपाठन अवरुद्ध बन्नेछ। पुरानो समस्या पुनः बल्झिन सक्छ। प्रतिस्पर्धामा कमजोर सावित भइएला। स्वास्थ्यले साथ नदिनाले आज अनायासै कामहरू रोकिन सक्छन्। कमजोरी अनुभूति हुनेछ। धेरै फाइदा नहोला। योजनाअनुसार आजका काममा जुट्न नसकिएला। धैर्य र स्वास्थ्यका लागि आराम गर्नुपर्ने समय छ।

© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.