सहयोग जुटाउन नायिका प्रियंका लन्डनमा !
लन्डन, वैशाख २० । महाभूकम्पको विध्वंसले मन छियाछिया भए पनि शोकलाई शत्तिःमा बदलेर नायिका प्रियंका कार्की तीन दिन भोकप्यास नभनि उद्धारमा खटिइन् ।
दुई दिन वीर अस्पताल र टिचिङ अस्पतालमा बिरामीको रोदन र चिच्याहटमा उनी पनि समोल भइन्, सकेसम्म घाइतेको रेखदेख गरिन् । तेस्रो दिन पाटन, सुन्धारा, खोकनाको भग्नावशेषमा निसास्सिएर सकेसम्म पीडितहरुको उद्धार गरिन् ।
यही बेला बेलायतमा पूर्वनिर्धारित चारवटा सोमा आउनुपर्ने बाध्यता थियो उनलाई । सुरुमा प्रियंकालाई यता आउने चाहनै भएन । फ्लाइट रद्द पनि गरिन् । तर, पछि आयोजककै आग्रहमा कार्यक्रम गर्ने तर मनोरन्जन च्यारिटीमा केन्द्रीत हुने निश्कर्षसँगै प्रियंका शुक्रबारसाँझ लन्डन पुगेकी छिन् ।
‘बेलायतमा हुने चारवटा शो म आफैं सञ्चालन गर्छु,’ उनले भनिन्, ‘कार्यक्रम भूकम्प पीडितहरुको लागि सहयोगका लागि विशुद्व च्यारिटेबल बनाउनेछु ।’
उनले बेलायती समस्त नेपालीलाई कार्यक्रममा आइदिएर पीडितहरुलाई सहयोग गर्न पनि आग्रह गरेकी छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।