लन्डन म्याराथनमा नेपाली किशोरी
लण्डन । भारतमा बेचिएका नेपाली बालबालिकाको उद्दारमा कार्यरत एउटा च्यारिटी एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि नेपाली किशोरीले लन्डन म्याराथनमा भाग लिइन् ।
४२ किलोमिटर लामो उक्त दौड बेलायतमात्र होइन, विश्वकै ठूलो मानिन्छ ।
यसपटक करिव ३८ हजार सहभागी लन्डन म्याराथन नेपाली किशोरी कल्पना लिम्बुले ४ घण्टा ३९ मिनेटमा पूरा गरेकी छिन् । दौडेर कल्पनाले एक हजार ७ सय ४८ पाउण्ड पनि संकलन गरिन् । भर्जिन लण्डन म्याराथनमा १८ देखि ३९ वर्ष उमेर समूहका व्यवसायिक खेलाडी देखि च्यारिटीमा काम गर्ने सम्म सहभागी थिए ।
कोभेन्ट्री विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातक अध्ययन गरिरहेकी १८ वर्षीया लिम्बुले भारतमा बेचिएका नेपाली बालबालिकाको उद्धारमा कार्यरत एस्थर बेञ्जामिन ट्रष्टको सहयोगका लागि म्याराथन दौडेकी थिइन् । ४२ किलोमिटर दौड पूरा गरेपछि उनले भनिन्, 'थकाइ पनि लागेको छ, खुसी पनि लागेको छ ।' म्याराथन दौड्ने माहौल अत्यन्त उत्साह जगाउने भएकाले दौड अवधिभर बीचैमा छोड्छु भनेर सोच्नै नपाएको उनले बताइन् । दौड्दा छेउछेउबाट पानी, जुस, खानेकुराहरु दिने, टिसर्टमा लेखिएको नाम बोलाएर हौसला दिंदा १८ माइल दौडेको उनले थाहै पाइनन् । त्यसपछि भने थाक्दै गएको अनुभव उनले गरिन् ।
तयारीका क्रममा साथीहरुसित ३५र३६ किलोमिटर दौडेकी उनलाई हजारौं धावकका बीचमा दौड्दा अलि फरक महसुस भयो । 'दायां बायां अघिपछि सबैतिर दौड्नेहरु, अलि अगाडि जाउं भन्दा पनि मान्छे नै मान्छे । अलि फोकस गर्न मलाई गाह्रो भयो' उनले अनुभव सुनाइन् । ५ घण्टामा दौड पूरा गर्ने उनको योजना थियो । त्यसभन्दा २० मिनेट अगावै दौड पूरा गरेकोमा उनी खुसी छिन् ।
त्यससँगै २ हजार पाउण्ड सहयोग उठाउने उनको लक्ष्यमा १ हजार ७४८ पाउण्ड उठाउन उनी सफल भएकी छिन् । छोरीले सकुशल म्याराथन पूरा गरेपछि साहित्यकार पिता विश्वासदीप तिगेला पनि प्रशन्न छन् । 'युनिभर्सिटीमा अर्को हप्तादेखि परीक्षा सुरु हुँदैछ कतै घाइते भइदियो भने पढाइमा असर पर्छ भन्ने पीर थियो,' उनले भने ।
नेपालको राजनीति र अर्थनीतिमा असाध्यै रुचि राख्ने कल्पनालाई म्याराथनको अघिल्लो दिनमात्र नेपालमा गएको भुकम्पले झनै दुःखी बनायो । तैपनि उनले दौड पूरा गरेरै छाड्ने अठोट परिवर्तन गरिनन् ।