भारतीय पत्रकारले नेपाली सुरक्षाकर्मीलाई हामीलाई रोक्ने तँ को होस् भन्दै उल्टै हातपात गरे
काठमाडौं, वैशाख २० । भारतीय पत्रकारले नेपाली सुरक्षाकर्मीलाई हामीलाई रोक्ने तँ को होस् भन्दै उल्टै हातपात गरे >>तैले हामलाई चिन्दैनस् । हाम्रो माथिसम्म पहुँच छ । हामीले चह्यो भने यहा जे पनि गर्न सक्छ भन्दै थर्काए .......

महाभूकम्पपछि नेपालमा आएका भारतीयहरुको दादागिरी निकै
बढेको छ । भारतीय दुई पत्रकारले पोखरा विमानस्थलमा प्रहरीलाई कुटपिट गरेका
छन् । घटना शनिबार बिहानको हो ।
शनिबार बिहान पोखरा बिमानस्थलमा भारतीइ पत्रकारहरुको दादागिरी देख्दा
लाग्थ्यो, नेपाल भारतकै एउटा प्रान्त हो । ती दुई पत्रकारले ताण्डव नृत्य
देखाउँदा नेपालका सुरक्षाकर्मी भने मुकदर्शक बन्न बाध्य भए ।
विमानस्थल छिर्न खोजेका दुई जना भारतीय पत्रकारलाई नेपाली
सुरक्षाकर्मीले रोकेपछि उनीहरुले ताण्डव नृत्य देखाउन सुरु गरेका हुन् ।
शनिवारभित्र जान नदिने आदेश छ भन्दै नेपाली सुरक्षाकर्मीहरुले रोकेपछि ती
पत्रकारले हामीलाई रोक्ने तँ को होस् भन्दै उल्टै सुरक्षाकर्मीमाथि हातपात
गरेका हुन् ।
डिउटीमा खटिएका जवानमाथि हातपात भएको देखेपछि विमानस्थल गेटको
जिम्मेवारी सम्हालेका एक प्रहरी नायव निरीक्षकले दुवैजना भारतीय
सञ्चारकर्मीहरुलाई पछाडि हट्न आदेश दिए । ती पत्रकारले उनलाई पनि हिन्दीमै
हपारे– ‘तैले हामलाई चिन्दैनस् । हाम्रो माथिसम्म पहुँच छ । हामीले चह्यो
भने यहा जे पनि गर्न सक्छौं ।’
रिसले आगो भएका प्रहरी नायव निरीक्षकले पनि हिन्दीमै जवाफ फर्काए–‘ यो
हाम्रो नेपाल हो, यहाँको सुरक्षाको जिम्मा हाम्रो हो । तँ बाहिर निस्की ।’
पछि नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीले ती दुई पत्रकारलाई गेटबाटै
निकाली दिए ।
घटना यतिमै सिमित रहेन । पत्रकारको एक कल फोनको भरमा उनीहरुलाई लिनमा
गेटमै उनीहरुको मान्छे आए । हेर्दाहेर्दै ती पत्रकार भारतीय हेलिकप्टरमा
उडे । उता नेपाली पत्रकार भने गेट छिर्नसम्म पाएनन् । भारतीय
सञ्चारकर्मीहरुले शक्ति प्रदर्शन गर्दा नेपाल प्रहरी, नेपाली सेना र
शसस्त्र प्रहरी बलका जवानहरु मुकदर्शक मात्रै बनिरहे ।
ती पत्रकारले काठमाडौं जाने बताए पनि उनी गोरखाको हेलिकप्टरमा उडेका थिए
। गोरखामा राहत र उद्धारकर्ता पुर्याउनको लागि हाल पोखरा विमानस्थलमा दुई
ठूला सहित पाँचवटा भारतीय सेनाका हेलिकोप्टर सञ्चालित छन् । भारतीयहरुको
व्यवहारलाई हेर्दा लाग्छ- पोखरा विमानस्थल पुरै भारतको कब्जामा छ ।
