Header Ads

सिन्धुपाल्चोकमा अहिलेसम्म २ हजारको मृत्यु - नेपाल प्रहरी

सिन्धुपाल्चोक, वैशाख, । भूकम्पले सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानविय क्षति भएको छ । नेपाल प्रहरीका अनुसार २ हजार १७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

६ सय ४८ जना घाइते भएका छन् । काठमाडौंमा ११४४, नुवाकोटमा ७५९, धादिङमा ६३६ र गोरखामा ४१० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म देशभर १३ हजार ८६१ जना घाइते भएका छन् । शुक्रबार मात्र १६६ जनालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । १२९ जना हराइरहेका छन् ।


Powered by Blogger.