भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खट्दै धुर्मुस र सुन्तली, विद्यलाय बनाउँदैे
नुवाकोट । मेरी बास्सैका धुर्मुस र सुन्तली अहिले भूकम्पपीडितलाई मलहम लगाउन व्यस्त छन् । हाँस्य टेलीश्रृङखला मेरी बास्सैका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को नेतृत्वमा कलाकारहरु नुवाकोटमा भूकम्पले भत्केको विद्यालय बनाउन जुटेका हुन् ।
वैशाख १२ को भूकम्पबाट ओखरपौवा–५ कुलेगाँउ वडा नं. ६ को ठुलेचित्रे गाँउमा भत्केका विद्यालय पुनःनिर्माण अभियानमा उनीहरु बिहीबारबाट जुटेका हुन् ।
भूकम्प प्रभावित जिल्लामा वितरण बाँडेका उनीहरुले अस्थायी टहरा र शौचालय निर्माणअभियानमा आफुहरुसहितका कलाकारलाई होमेको धुर्मसले बताए । तामाङ जातिको बसोबार रहेको ओखरपौवाका यी दुई कुलेगाँउ र ठूलेचित्रेमामात्रै २ सय ३७ घर पुर्णरुपमा भत्किएका छन् । सरकारले हालसम्म ७ हजार नगदबाहेक गाँसबासको स्यवस्था नगरेको स्थानीय दिपेश रुम्बा तामाङले बताए । भूकम्पले ठूलेचित्रेको महाकाली निमाविको सातकोठे भवन भत्किएको छ ।
‘कक्षा चलाउने चिन्ता भईरहेका बेला कलाकारहरुले बाँस र टिनको ७ कोठे भवन र चारवटा शौचालय बनाइदिन लागेकोमा खुसी लागेको छ’, महाकाली निमावि ठुलेचित्रेका प्रधानाध्यपक राम उदगार यादवले बताए । मेरी बास्सैै, भद्रगोल, सगुन डटकम र जेस्ठ फाउन्डेसनको सहयोगमा कुलेगाँउ र ठुलेचित्रेमा ४० वटा चर्पी र बाँसको भाटाले बेरिएको टिनको छानाको ७ कोठे भवन निर्माण सुरु गरिएको हो ।
वर्षीकी काखेछोरी अरुलाई छाडेर भूकम्प प्रभावित नुवाकोटका गाँउमा चर्पी र विद्यालय निमार्णका सामाग्री बोकेर धुर्मुस र सुन्तलीसहित ३० जना कलाकार श्रम गरिरहेका छन् । वैशाख १२ को विनाशकारी भूकम्पपछि अमेरिकाको कार्यक्रम बीचमै रोकेर नेपाल फर्किएलगत्तै धुर्मुस र सुन्तलीसहितका कलाकार भूकम्पप्रभावित जिल्लामा राहत, अस्थायी टहरा र चर्पी निर्माणमा जुटिरहेका छन् ।
अभियान लिएर धुर्मुस र सुन्तलीसँगै मेरी बास्सैका सुरबीर पण्डित, बुद्धि तामाङ हनुमाने, बेगम नेपाली भटभटे माईलो, गोपाल लामा र कार्की दाइ पुनःनिर्माण अभियानमा छन् ।
त्यसैगरी भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल जिग्री, अर्जुन घिमीरे पाण्डे, हरि निरौला कक्रोजसहितका ३० जनाको टोली यो अभिायनमा रहेका जिग्री र पाण्डेले बताए । (फोटो :भाबुक योगी)