भूकम्पको डरले गर्दा अहीले सम्म आठ लाखले छोडे काठमाडौं उपत्यकालाई !
काठमाडौँ । विनाशकारी भूकम्पपछि डरले करिब आठ लाख मानिसले काठमाडौं छोडेका छन्।
बारम्बार भूकम्प आउन थालेपछि हरेक दिन हजारौंको संख्यामा यहाँ बस्नेले राजधानी छोडेका छन्।
ट्राफिक प्रहरीले शनिबार दिएको जानकारीअनुसार राजधानी छोड्नेको संख्या सात लाख ९२ हजार ६२३ पुगेको छ। ट्राफिक प्रहरीका अनुसार शनिबार मात्रै ८२ हजार १४२ यात्रु बाहिरिएका छन्।
यसैगरी वैशाख १३ गते ८१ हजार ७६१, १४ गते ९९ हजार ८३३, १५ गते एक लाख ५३ हजार ८१२, १६ गते एक लाख ३१ हजार ३६५, १७ गते एक लाख ३७ हजार ७४४, १८ गते एक लाख ४ हजार ९९६ जनाले काठमाडौं छोडेका छन्।
सोही अवधिमा एक लाख ६१ हजार ६७४ यात्रु, र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएको प्रहरीले जनाएको छ। राजधानी छोड्नेहरुको चापका कारण यात्रुले सिट नपाएर भाडा तिरेर छतमा सास्तीका साथ यात्रा गरिरहेका छन्।
वैशाख १३ गतेदेखि हरेक दिन बिहानदेखि बेलुकासम्म नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशलालगायतका स्थानमा घर फर्किन सवारी कुर्ने यात्रुहरुको भिड देखिन्छ । -अन्नपूर्ण पोस्ट बाट