Header Ads

ओबामाकी छोरी बिहे गर्छु भन्दा यस्तो हंगामा !

एजेन्सी । केन्याका एक वकीलले अमेरिकी राष्ट्रपति बराक ओबामाकी १६ वर्षीया छोरीसँग बिहे गर्नका लागि अनौठो प्रस्ताव गरेका छन् ।

मंगलबार प्रकाशित समाचार अनुसार केन्याका वकीलले अमेरिकी राष्ट्रपतिकी छोरी मालियासँग बिहेका लागि ५० गार्इ, ७० भेडा र ३० वटा बाख्रा दिने प्रस्ताव गरेका हुन् । नैरोबियन अखबारलार्इ दिएको अन्तरबार्तामा फेलिक्स किप्रोनोले सन् २००८ मै आफू ओबामाकी छोरीप्रति आकर्षित भएको बताएका छन् ।
 ‘२००८ मा मलार्इ पहिलो पटक उनीसँग बिहे गर्ने इच्छा जाग्यो’, ‘मानिसलार्इ लागिरहेको होला कि मेरो नजर ओबामाको सम्पत्तिमाथि छ’, उनले भने, ‘यथार्थ यस्तो होइन म ओबामाकी छोरी मालियासँग साँचो माया गर्छु ।’

 किप्रोनोले भविष्यको कल्पना गर्दै मालिया ओबामालार्इ जोडी बनाएपछि सादा जीवन बिताउने लक्ष्य आफूले लिएको बताएका छन् ।

‘म मालियालार्इ गार्इ दूध दुहुन र उमाल्न पकाउन सिकाउँछु’, उनले भने, ‘यसका साथै यहाँका अन्य महिलाले गर्ने काम पनि सिकाउँछु ।’ उनले भनेका छन् । ओबामाका पिता पनि केन्याली नागरिक नै थिए ।
Powered by Blogger.