स्याङ्जामा करिब ११,००० घर क्षति, ३,५०० परिवार विस्थापित
पुतलीबजार, (स्याङ्जा) । गत शनिबार र आइतबार गएको विनाशकारी भूकम्पका कारण स्याङ्जामा करिब ११ हजार घर प्रभावित भएका छन् ।
भूकम्पका कारण जिल्लामा दुई हजार ५७० घर पूर्ण र आठ हजार ६८९ घर आंशिकरुपमा क्षति भएको निमित्त प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार विद्यालय ७७, सरकारी कार्यालय ३१ वटा, १० एकाइ प्रहरी चौकीमा क्षति पुगेको र २० वटा पशुचौपाया मरेका छन् । भूकम्पका कारण तीन हजार ५०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । प्रभावित घरमध्ये ७० देखि ८० प्रतिशत घर बस्नै नहुने गरी क्षति पुगेको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे बताउनुहुन्छ ।
उनीहरु खुलाचौर, खेत, बारीमा पाल टाँगेर दिन गुजार्दै छन् भने विभिन्न सङ्घसंस्थाको सहयोगमा उपलब्ध त्रिपाल पनि सामूहिक रुपमा वितरण गरिएको छ । तीन नगरपालिका र ५७ गाउँ विकास समिति स्याङ्जामा कुनै मानवीय क्षति नभए पनि छजना आफ्नै घरले थिचेर घाइते भएका थिए । मणिपाल र क्षेत्रीय अस्पताल पोखरामा उपचार गराइरहेका घाइतेमध्ये चारजना घर फर्केका छन् ।
गम्भीर घाइते दुईजना महिलाको भने पोखरामा उपचार भइरहेको छ । भूकम्पबाट प्रभावितको व्यवस्थापनका लागि जिल्लामा आजसम्म ८९३ त्रिपाल वितरण गरेको दैवीप्रकोप उद्धार समितिले जनाएको छ । स्थानीय प्रशासनले विभिन्न स्रोतबाट सहयोग जुटाई रेडक्रसमार्फत पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।
स्याङ्जाका चिलाउनेवास, सेतीदोभान, अर्जुनचौपारी, दार्सिंङदहथुम, दरौँ, खिलुङदेउराली, कालिकाकोट, सेखाम, आरुखर्क, कोल्मा, वहाकोट, पुतलीबजार नगरपालिकालगायत ४५ गाविस भूकम्प प्रभावित क्षेत्र हुन् ।