आज बिहान मात्र भूकम्पका तीन धक्का ...
काठमाडौँ, वैशाख २० । आज बिहान मात्र सिन्धुपाल्चोक, धादिङ र गोरखा केन्द्र भएर तीन वटा भूकम्पका महसुस भएका छन् ।
बिहान तीन बजेर २९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.५, ४ बजेर २४ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.० र ५ बजेर ४७ मिनेट जाँदा गोरखा केन्द्र भएर ४.० रिक्टर म्याग्निच्युड स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
यससँगै गत शनिबारदेखि हालसम्म चार म्याग्निच्युड रिक्टर स्केलभन्दा माथिका १२८ भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूकम्पको धक्का विस्तारै न्यून हुँदै गएको छ । छ म्याग्निच्युड रिक्टर स्केलभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले ससाना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन ।
ठूलो रिक्टर स्केलको भूकम्प आएको हुनाले स-साना धक्का महिनौ सम्म जान सक्छ ।