अपडेट : अहिले साढे पाँच बजे ४.१ रेक्टर स्केलको फेरि पराकम्पन धक्का
काठमाडौं, जेठ ८ । शुक्रबार बेलुका साढे पाँच बजे अर्को पराकम्पन गएको छ । दोलखालाई केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलेको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै शुक्रबार ती वटा पराकम्पन गएको छ । यसअघि दिउँसो चार बजेर ४४ मिनेट जाँदा धादिङ र नुवाकोटको सीमा क्षेत्रलाई केन्द्र बनाएर ४ दशमलव ८ रेक्टर स्कलेको पराकम्पन गएको थियो ।
यस्तै दिउँसो दुई बजेर ४५ मिनेट जाँदा धादिङ र नुवाकोटको सीमा क्षेत्रनै केन्द्र बनाएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
केही दिनदेखि पराकम्पन कम हुँदै गएका छन् । ठूलो भूकम्पपछि सना पराकम्पन आउनु सामान्य भएकाले नआतिन तर सचेत रहन केन्द्रले आग्रह गरेको छ ।