Header Ads

सन्नी लियोनलाई भारतबाट निकाल्नुपर्छ भन्दै प्रहरीमा मुद्दा

एजेन्सी । हिन्दु जनजागृति समिति एचजेएसले पूर्व पोर्नस्टार तथा अभिनेतृ सन्नी लिओनलाई देश निकाला गर्दै उनलाई भारत प्रवेशमै रोक लगाउन माग गरेको छ ।

समितिले शुक्रबार आफ्नो वेभसाइडमा अस्लीलता फैलाउने र महिलाको गरिमामा आँच आउने काम गरेको भन्दै सन्नीलाई देश निकाला गर्दै भारतमा पुन आउन नपाउने बनाउन माग गरेको हो ।

समितिका प्रवक्ताका अनुसार समितिले ठाणेको एक प्रहरी चौकीमा उनलाई देशनिकाला गर्नुपर्ने भन्दै मुद्दा दर्ता गराएको बताए ।

 उनले सन्नीले आफ्नो वेभसाइडमा नांगा र भड्किला तस्बिर राखेका कारण त्यसले समाजमा अश्लीललता बढाएको आरोप लगाए ।

उनले भने, ‘यस्ता तस्बिरले भारतीय युवालाई बिगारेका छन् भने महिलाको पनि अपमान गरेका छन् । यो समितिले उनको वेभसाइडमा समेत रोक लगाउन अनुरोध गरेको छ ।
Powered by Blogger.