Header Ads

के कारणले किन चीनको उद्धार प्रस्ताव मानेनन् गृहमन्त्रीले ?

काठमाडौं, बैशाख २० । नेपाल सरकारले महाभूकम्पमा चीनको अत्यावश्यक सहयोग पनि लिन नचाहेको तथ्य एकपछि अर्कोगरी खुल्दै जान थालेको छ । मित्रराष्ट्र चीनले भुकम्पले सबैभन्दा ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकमाको अबरुद्ध अरनी राजमार्ग २४ घण्टाभित्र खुलाउने र छिमेकी जिल्लाका विकट गाविसहरुबाट साना हेलिकप्टर प्रयोग गरी घाइतेहरुको उद्धार गर्ने प्रस्तावलाई गृहमन्त्री वामदेब गौतमले सुनेको नसुन्यै गरेको तीनदिन बितेपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।

भारतीय हेलि तथा एयरफोर्स बिना अनुमति नेपाल भित्रिएको र भारतीय पत्रकार बोक्न हेलिकप्टर दुरुपयोग भइरहेको सन्दर्भमा चीनले गरेको प्रस्तावलाई सरकार तथा गृहले वेवास्ता गर्नुको रहस्य एकपछि अर्को गरी खुल्दै जानेछ । तर सिन्धुपाल्चोकका राजनीतिक दलका नेताहरुले भने यस्तो वेवास्ताप्रति गृहमन्त्री वामदेवलाई भेटेर आपत्ति जनाएका छन् । स्रोतहरुका अनुसार चीनलाई प्रभावकारी काम गर्न नदिन भारतीयहरुको भुमिका छ ।

भारत आफ्नो नेपालमाथिको एकपक्षीय वर्चश्व चीनतिर नबाँडियोस् भन्नेमा छ । यहि भारतीय चासो दबाबमा परेर चीनको प्रस्तावलाई सरकार तथा गृहले वेवास्ता गरेको सिन्धुपाल्चोकका राजनीतिक नेताहरुको बुझाई छ । अरनीको राजमार्ग मात्रै सुचारु हुँदासमेत सिन्धुपाल्चोकका अति प्रभावित तातोपानी, फुल्पिङकट्टी, लिस्ती, घुम्थाङ लगायतका १५ गाविसहरुमा यातायत सुचारु हुन्थ्यो ।

जसले गर्दा त्याहाँका घाइते काठमाडौं ल्याउनसमेत यातायात प्रयोगमा आउथ्यो र राहत सामाग्री सहजै ती स्थानहरुमा पुर्याउन तथा खासाबाट त्रिपाल, कम्मललगायतका अति आवश्यक राहत साम्रागी ढुवानी गर्न सकिन्थ्यो । ती सामाग्रीहरु देशव्यापी पठाउन तथा वितरणमा सहयोग हुन्थ्यो ।

अहिले काठमाडौं लगायतका मुख्य सहरहरुमा त्रिपाल तथा कम्मलहरु सकिएका छन् । आउने मुख्य नाका खासा बन्द छ । माथि र सरकारी निकायमा जे जस्ता चासो र भुमिका भएपनि सरकार तथा गृहको लापरवाहीका कारण सिन्धुपाल्चोकले बेलैमा राहत तथा उद्धार पाएन र थप केही घाइतेहरुको जीवन जोखिममा पर्न गयो ।

 सरकार तथा गृहले छिमेकीको चासो र स्वार्थभन्दा पनि हाम्रा जनता र घाइतेहरुको हितमा किन नसोचेको ? यसको जवाफ गृहले एकदिन दिनै पर्ने छ ।-राष्ट्रियखबर बाट साभार !
Powered by Blogger.