Header Ads

हातमा हात समाउँदै -‘एक अर्कालाई साथ दिएर अघि बढौं’ : नम्रता+आर्यन

काठमाडौं । नायक आर्यन सिग्देल सिन्धुपाल्चोकको सिन्धुकोट गाविस पुग्दा केही भावूक देखिए । उनीसँगै पुगेकी नायिका नम्रता श्रेष्ठ पनि भूकम्पको धक्कासँगै चिरिएका हजारौ मानिसका सपनाका अगाडि केहीबेर टोलाइन् । काठमाण्डौबाट करिब ३ घन्टाको सवारी दुरीमा पर्ने यो स्थानमा रहेका ७ सय घर सबै भत्किएका छन् । कुनै पनि घरमा बस्न नसकिने स्थानियको भनाई छ । 

भूकम्पमा परि यो गावीसका ३५ जनाको निधन भएको छ । अहिले सबैजना बासिन्दा एक अर्काको ओत लागेर बसेका छन् । सरकारको राहत खासै नपुगेको यो स्थानका बासिन्दाले कलाकार र सहयोगी हातहरु देख्दा खुशी व्यक्त गरे । केही स्थानिय बासिन्दाले सहयोग राशी आएपनि आफुहरुसम्म नआएको र कसैले धेरै पटक पाएको, कसैले एक पटक पनि नपाएको गुनासो गरेका थिए । 

३५० बोरा चामल, १४ सय केजी दाल, ७ सय किलो नुन बोकेर ३ वटा ट्रक पुग्दा स्थानियको अनुहारमा खुशी देखियो । उनीहरुले कलाकारसँग ओत लाग्न पालको आवश्यकता रहेको बताए । सुवास गु्रप अफ कम्पनिजसँग सहकार्य गर्दै चलचित्र पत्रकार संघले राहत विरतरण गरेको हो । साथमा सुवास ह्यूमन रिसर्च, इन्टरनेशनल म्यानपावर रिक्वाएरमेन्ट, स्यामयोग ओभरसिज, सुवास इन्टरटेन्मेन्ट प्राली, आर्यन सिग्देल इन्टरटेन्मेन्ट प्राली, हाइली हाई इन्टरटेन्मेन्ट प्राली, फ्यूजन पोलिक्लिनक एन्ड डाइग्नोसिज सेन्टर, मलेसिया इलिट डिजयास्टर रेस्क्यू फाउन्डेशन, पोटला ओभरसिज, असम म्यानपावर र वनसुरिया रिसर्चले यो राहत वितरणमा सहकार्य गरेका थिए । 
९ वटा वडाको सम्पूर्ण बासिन्दालाई १५ दिनलाई पुग्ने राहत सामाग्री वितरण गर्दै नायक आर्यन सिग्देलले एकले अर्काको हात समाउँदै सहयोग गर्न आग्रह गरे । छेउमै रहेकी नायिका नम्रता श्रेष्ठको हात समाउँदै आर्यनले आफूले २ छाक खाँदा अर्कोले खाएको छ या छैन भनेर पनि ख्याल गर्न आग्रह गरे । नायिका नम्रता श्रेष्ठले पनि यो विपत्तको घडीमा सबैजना मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औलाइन् । 

निर्माता तथा सुवास ग्रुप अफ कम्पनीजका अध्यक्ष सुवास गिरीले सरकारले अहिलेसम्म सिन्धुकोटमा पर्याप्त राहत नपुर्‍याएकोमा दुख व्यक्त गरे । उनले आवश्यकता परेको खण्डमा अझै आफूहरु सहयोग गर्न तयार रहेको बताए । मलेसियाबाट आएका एक दर्जन डाक्टर, ५० भन्दा बढी स्वयंमसेवको साथमा यो टोली सिन्धुकोट पुगेको थियो । स्थानिय चौध सय बासिन्दाले स्वास्थ्य परिक्षण गरेका थिए । उनीहरुलाई प्रशस्त औषधी पनि दिइएको थियो । -तस्बिर / स्रोत :अनलाइन खबर 
Powered by Blogger.