भुकम्पमा बेपत्ता भएका पत्रकार बम्जनको शव फेला पर्यो
काठमाडौँ । विनाशकारी महाभूकम्पमा परी ‘गोरखापत्र’ दैनिकका खेल संवाददाता ३४ बर्षिय सुमन बञ्जनको शव फेला परेको छ । काठमाडौंको न्युरोड स्थित जुस गल्लीमा उनको शव आज ११ बजे फेला परेको हो । गत शनिबार महाभूकम्प आए देखि नै उनी वेपत्ता भएका थिए ।
नेपाल पत्रकार महासङ्घका अनुसार बञ्जन भूकम्प आएको दिनदेखि सम्पर्क्बिहीन भएकाले खोजीका लागि उनको गृह जिल्ला मकवानपुरका पत्रकार, सरकार र परिवाजनमा आग्रह समेत गरेको थियो । यस्तै भूकम्पमा परी महासङ्घका केन्द्रीय सदस्य माधव दुलालका पिता ५८ वर्षीय गोविन्दप्रसादको काभ्रेमा निधन भएको जनाउँदै महासङ्घले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।-स्रोत/न्यूज अभियान डट कम