आजबाट गोमा एयरको नयाँ जहाजले शुरु गर्यो पोखरा–जोमसोमको उडान
पोखरा । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले नयाँ जहाजबाट पोखरा–जोमसोममा उडान शुरु गरेको छ ।
गोमाले गत असोजमा भित्र्याएको नयाँ जहाजबाट मंगलबारदेखि पोखरा–जोमसोम उडान शुरु गरेको हो । मंगलबार बिहान केहि आन्तरिक पर्यटक जोमसोम पु¥याएर गोमाको जहाज पोखरा फर्किसकेको पोखरा विमानस्थलले जनाएको छ ।
झण्डै ६० करोड मुल्य परेको नयाँ एल ई टि ४१० यू भि पि ई २० मोडलको १९ सिटे जहाजबाट पोखरा–जोमसोम रुटमा उडान शुरु भएको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले जानकारी दिनुभयो ।गोमाले गत असोजमा भित्र्याएको नयाँ जहाजबाट मंगलबारदेखि पोखरा–जोमसोम उडान शुरु गरेको हो । मंगलबार बिहान केहि आन्तरिक पर्यटक जोमसोम पु¥याएर गोमाको जहाज पोखरा फर्किसकेको पोखरा विमानस्थलले जनाएको छ ।

उहाँका अनुसार अहिले यो रुटमा दैनिक २ उडान हुनेछन् । अन्नपूर्ण र हिमालपारीको जिल्ला मुस्ताङ्ग घुम्न जाने पर्यटकहरुलाई लक्षित गर्दै सेवा शुरु गरेको गोमा एयरले जनाएको छ ।
गोमाको उडानपछि यो रुटमा हवाई उडान सहज हुने पर्यटन व्यवसायीहरुले बताएका छन् । गोमाले पोखरा–काठमाडौं र पोखरा–मनाङ रुटमा पनि छिट्टै उडान थाल्ने जनाएको छ ।
