Header Ads

टेलिकमले प्रवक्ताको भनाई उल्टायो - प्रवक्ताको अडियोसहित

काठमाडौं । नेपाल टेलिकम बोर्डले बिहीबार दिउँसो प्रवक्ताको सार्वजनिक भनाइलाई उल्टाउँदै आज राति १२ बजेपछि गरेको कलको मात्र पैसा लाग्ने बताएको छ। प्रवक्ता प्रतिमा वैद्यले सेतोपाटीलगायत विभिन्न सञ्चार माध्यमलाई शनिबारदेखि नेपाल टेलिकमले शूल्य ब्यालेस्नमा दिँदै आएको कल, एसएमएस र डाटाको शूल्क क्रेडिट हुने र पछि रिचार्ज गरेपछि कटाउने बताएकी थिइन्।

प्रवक्ताको भनाई सञ्चारमाध्यममा आएपछि त्यसको ब्यापक विरोध भएको थियो। त्यसपछि टेलिकम बोर्डले बैठक बसेर उनको भनाई उल्टाएको छ। टेलिकम बोर्डले बैठक बसेर उनको भनाईलाई उल्टाएको छ। टेलिकम बोर्डका एक सदस्यले  भने,‘ वैद्यले आफूखुसी बाहिर बोलिछिन्।

त्यसपछि बोर्डले निर्णय गरेर विज्ञप्ति पठाएको छ।’ प्रवक्ता वैद्यले भने सेतोपाटीसँग कुरा गर्दै बोर्डले पूरानो निर्णय परिवर्तन गरेको बताइन्। सुन्नुहोस् अडियोमा। नेपाल टेलिकमले बिहीबार एक विज्ञप्ति निकालेर शनिबार भुकम्प गएदेखि आज राति १२ बजेसम्मको कल निःशूल्क नै रहने र त्यसपछिको शूल्क लाग्ने जनाएको छ। ब्यालेन्स सकिए पनि ग्राहकहरूले फोन गर्न भने पाउनेछन्।
यसरी फोन गर्दा लागेको शूल्क पछि रिचार्ज गरेपछि कट्टा गरिने टेलिकमले जनाएको छ। ‘१२ बजेपछिको DATA, SMS लगायत सम्पूर्ण कलहरुको नियमानुसार महसुल लाग्ने ब्यहोरा अनुरोध गरिन्छ।

रिचार्ज कार्डको उपलब्धता सहज नभए सम्मको अवधिको लागि ब्यालेन्स सकिए तापनि कल तथा SMS गर्ने सुविधा उपलब्ध हुने, तर उक्त कल, GSM तथा SMS को शुल्क लाग्नेछ’, विज्ञप्तिमा भनिएको छ। - स्रोत सेतोपाटी डट कम बाट 
Powered by Blogger.