Header Ads

गगन थापाले एक वर्षभरिको तलब भूकम्पपीडितलाई दिने

काठमाडौं, वैशाख १८ । कांग्रेस नेता एवं सभासद गगन थापले आफुले चुनाव जितेको काठमाडौं क्षेत्र नम्बर ४ का भूकम्पपीडितको राहतका लागि एक वर्षको तलब दिने घोषणा गरेका छन् ।

उनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस क्षेत्रका अन्य सभासदलाई पनि यसरी सघाउन आग्रह गरेका छन् । एक वर्षभरीको तलब ७ लाख ७ हजार ६ सय १६ बराबरको रकम काठमाडौं क्षेत्र नम्बर ४ का भूकम्पपीडितको राहत काममा खर्च गर्ने जनाएका छन् ।

बिहीवार विज्ञप्ति जारी गरी उनले सभासदको रुपमा आफूले पाउने उक्त रकम उक्त क्षेत्रका पीडितका लागि टेन्ट, खाद्यान्न र ब्लाङ्गकेट लगायत सामाग्री खरिद गर्न खर्च गरिने उल्लेख छ ।

उक्त अनुसार राहतको काम प्रारम्भ भइसकेको समेत उनले जनाएका छन् । ‘सहयोग, पुनस्र्थापना र पुननिर्माणको काम ढिला हुन सक्ला ।

तर राहत ढिलो भयो भने त्यसको अर्थ हुन्न’, देशभित्र र बाहिर रहेका सबैलाई सहयोगको आग्रह गर्दै उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आजको कान्तिपुर दैकिमा खबर छ ।
Powered by Blogger.