Header Ads

नायिका सञ्चिता लुईंटेलले फेरी गरिन अर्को बिवाह

काठमाडौं, बैशाख ११। निखिल उप्रेतीसंग विवाह गरेर दुई सन्तान पाईसकेकी नायिका सञ्चिता लुईंटेलले फेरी अर्को बिवाह गरेकी छिन ।

उनले मोडल तथा नव नायक दिनेश केसीसँग बिहे गरेकी हुन् । तर यो विवाह भने रिएल लाईफमा नभएर फिल्मी लाईफमा मात्र हो । निखिल उप्रेतीसंग विवाह गरेपछि नेपाली फिल्मबाट टाढिएकी सञ्चिताले ‘नाई नभन्नु ल-३’ मार्फत पुनरागमन गरेकी थिईन ।

 यतिबेला भने उनको व्यस्तता पहिले झै बढने क्रममा रहेको छ । यतिबेला सञ्चिता ऋषी न्यौपाने निर्देशित फिल्म ‘खतरनाक’ को सुटिङ्गमा व्यस्त छिन । यसै फिल्मको सुटिङ्गको क्रममा नव नायक दिनेशसंग खाले यस्तो दृष्य दिएकी हुन ।

‘खतरनाक’ मा सञ्चिता को छोटो तर महत्वपुर्ण भुमिका रहेको निर्माण युनिटले बताएको छ । - ओएस नेपाल
Powered by Blogger.