मिति: वि.सं.२०७१ साल चैत्र २९ गते । आईतबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
आज मिति 2015-04-12 तारिख, २०७१ साल वैशाख कृष्णपक्ष अष्टमी तिथि, चैत्र २९ गते आईतवार अनुसार तपाईंको राशी यस प्रकार छ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट प्रशस्त लाभ मिल्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। तर, प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले भने धोका दिन सक्छन्। मान्यजनहरूको पनि पूर्ण सहयोग नमिल्न सक्छ। पढाइलेखाइमा प्रगति हुनेछ। व्यापारमा अलि कम फाइदा होला। |
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्। |
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला। |
व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। मानसम्मान पनि पाइनेछ। दाम्पत्य सुखमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुने समय छ। |
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। दैनिक काममा राम्रै फाइदा होला। प्रशस्त धन आर्जन र सञ्चय गर्न सकिनेछ। तर, अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्न गर्दा फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। |
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। महत्वपूर्ण काम र पढाइलेखाइमा पनि त्यति ध्यान दिन नसकिएला। केही कमजोरी अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्न सक्छ। पारिवारिक असमझदारीले विलम्ब हुन सक्छ। प्रयत्न गर्दा बिस्तारै आँटेका काम भने बन्नेछन्। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला। |
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ। |
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले कामको चाप बढ्नेछ। आर्जित धनमध्ये केही अंश खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। पारिवारिक समझदारी कायम राख्न प्रयत्न गर्नुपर्ने समय छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि राम्रै लाभ मिल्नेछ। |
विभिन्न अवसर पाइनेछ। तर, मनोरञ्जनमा समय बित्नेछ। योजनाअनुसार बेलैमा काम सम्पादन गर्न नसकिएला। समयमा निर्णय नलिनाले पनि अवसर फुत्कन सक्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्नेछन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुनेछ। |
विशेष भेटघाट र विभिन्न उपहार हातलागी हुने समय छ। आत्म–विश्वास बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको समेत आनन्द मिल्नेछ। स्वास्थ्यमा आरोग्य बढ्नुका साथै कामबाट फुर्सद मिल्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। तर, विलासिताका लागि खर्च बढ्ने योग छ। |
केही मात्रामा खर्च बढ्नेछ। तर दिगो फाइदा दिने काममा लगानी गर्ने मौका छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ र बिस्तारै फाइदा समेत मिल्नेछ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। अलि प्रतिस्पर्धा गर्नुपरे पनि अन्ततः फाइदा हुनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। |
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। |
© Copyright : baralguru, All Rights Reserved.
