बसमा कतिले कुदृष्टि लगाउँथे, कतिले गलत नियतले टच गर्थे - सुन्तली !
‘ईख नभएको छोरो र विष नभएको सर्पको के काम !’ समाजमा यो उखान छोराका लागि बन्यो । ‘घाँटीमा रुद्रघन्टी समेत नभएका’ भन्दै छोरीलाई सधैँ कमजोर आँक्ने समाजले चापागाउँकी कुञ्जना घिमिरेलाई पनि ख्यालख्याल नै सोच्थ्यो । तर, समाजको कुराले कुञ्जनालाई छोएन । ‘फलानी यस्ती–उस्ती भनेर कुरा काट्थे । उनीहरूले कुरा काटेको थाहा पाउँदा मलाई यति ईख हुन्थ्यो, म पनि यिनीहरुलाई केही गरेर देखाउँछु,’ कुञ्जनाले कुराकानीको पोयो फुकाइन् । ललितपुरको चापागाउँमा जन्मेकी कुञ्जना स्कुल पढ्दा एक्स्ट्रा एक्टिभिटिजमा सधैँ अगाडि देखिन्थिन् । ‘खासगरी मलाई डान्स रुचि थियो ।
एक कक्षा पढ्दादेखि नै डान्स गर्थें,’ उनले भनिन् । नृत्यबाहेक टिटी, ब्याडमिन्टन, भलिबल र फुटबलमा पनि रुचि थियो उनको । महिलाको छुट्टै फुटबल प्रतियोगिता त हुँदैनथ्यो त्यो बेला । फेरि पनि कुञ्जना पुरुषकै टिममा मिसिएर फुटबल खेल्थिन् । भन्छिन्, ‘एउटी साथी थिइन्, सीता । उनी पनि फुटबल खेल्थिन् । कहिलेकाहीँ सीताले मलाई साथ दिन्थिन् । नत्र म प्रायः केटाहरुसँगै मिसिएर खेल्थेँ ।’ स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा त कुञ्जनाकै नाम गुञ्जन्थ्यो । किनकि, उनी नृत्यमा अब्बल थिइन् । कुञ्जनाको घर चापागाउँको बुखेलमा हो भने मामाघर नजिकै गोटिखेलमा ।
एक कक्षा पढ्दादेखि नै डान्स गर्थें,’ उनले भनिन् । नृत्यबाहेक टिटी, ब्याडमिन्टन, भलिबल र फुटबलमा पनि रुचि थियो उनको । महिलाको छुट्टै फुटबल प्रतियोगिता त हुँदैनथ्यो त्यो बेला । फेरि पनि कुञ्जना पुरुषकै टिममा मिसिएर फुटबल खेल्थिन् । भन्छिन्, ‘एउटी साथी थिइन्, सीता । उनी पनि फुटबल खेल्थिन् । कहिलेकाहीँ सीताले मलाई साथ दिन्थिन् । नत्र म प्रायः केटाहरुसँगै मिसिएर खेल्थेँ ।’ स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा त कुञ्जनाकै नाम गुञ्जन्थ्यो । किनकि, उनी नृत्यमा अब्बल थिइन् । कुञ्जनाको घर चापागाउँको बुखेलमा हो भने मामाघर नजिकै गोटिखेलमा ।
जतिबेला कुञ्जना स्कुल पढ्दै थिइन्, नृत्यमा रुचि राख्थिन्, त्यतिबेला उनको समाज उति फराकिलो विचार राख्ने भइसकेको थिएन । वरपरका मानिसले फिल्म खेल्ने, नाच्ने–गाउनेलाई खासै राम्रो मान्दैनथे । तर, कुञ्जनाको परिवार भने केही फराकिलो सोचकै थियो । ‘मेरा बुवाआमा भने म नाचेको मन पराउनुहुन्थ्यो,’ कुञ्जना मुहार उज्यालो पार्दै भनिन्, ‘स्कुलमा शिक्षक र साथीहरुले पनि मलाई हौसला दिन्थे । भन्थे, तेरो डान्स राम्रो छ, तँ पछि डान्सर बन्छेस् ।’ कुञ्जना स्कुलमा हुने नृत्य प्रतियोगितामा भाग लिन्थिन् । र, पुरस्कार बोकेर घर फर्किन्थिन् । घरमा बुवाआमा निकै खुसी हुन्थे । उनी सम्झिन्छिन्, ‘मैले ल्याएको पुरस्कार देखेर बुवाआमाले गर्व गर्नुहुन्थ्यो ।’ सानी कुञ्जना बिस्तारै–बिस्तारै गाउँमा चिनिन थालिन् । साथी, सहपाठीलाई पनि सांस्कृतिक कार्यक्रममा हिँड्न हौसाइन् । ‘हाम्रो प्रतिभा सिर्जना समूह थियो । हामी समूहबाटै देउसी–भैलो खेल्थ्यौँ,’ कुञ्जना भन्छिन्, ‘कतिपय छिमेकी आफ्ना छोरीलाई देउसी–भैलो खेल्न पठाउँदैनथे । तर, म घरघरमा गएर सम्झाउँथे, यो हाम्रो संस्कृति हो, यसलाई जोगाउनुपर्छ भनेर । गाउँलेले मेरो कुरा मान्थे पनि ।’ कुञ्जना टिभीमा आउने फिल्मी गीत हेर्दै नाच्थिन् । ‘मलाई भित्रभित्रै लागेको थियो, म ठूली भएर हिरोइन बन्छु,’ उनी भन्छिन्, ‘टिभीमा नेपाली च्यानल मात्रै आउँथ्यो, म नेपाली फिल्मका गीतमा खुब नाच्थेँ ।’ सात कक्षामा आएपछि उनलाई एउटा सौभाग्य मिल्यो, प्रज्ञा भवनमा नृत्य देखाउने । ‘त्यति बेला म ‘पश्चिम कोही पूर्व घर’ बोलको गीतमा नाचेकी थिएँ,’ उनी रमाइलो दिन सम्झिन्छिन्, ‘म नाचेको खबर पत्रिकामा पनि आएको थियो ।’
यही खबर कुञ्जनालाई कलाकारितामा लाग्ने बलियो प्रेरणा बन्यो । रेडियो नेपालदेखि मेरीबास्सैसम्म एसएलसीपछि कुञ्जना वागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । त्यहाँ डान्स पनि पढाउँछ भन्ने उनलाई थाहा थियो । यो ०५९ सालतिरको कुरा हो । जतिबेला कुञ्जनाकी सानीआमा कोटेश्वरमा होटल गर्थिन् । सानीआमाले रेडियो नेपालका कर्मचारी भुपेन्द्र पराजुलीलाई चिनेकी थिइन् । ‘भुपेन्द्रदाइकै सहयोगमा मैले रेडियो नेपालमा स्वर परीक्षा दिएँ र पास गरेँ,’ उनी भन्छिन्, ‘त्यहाँ रेडियो ड्रामा बोल्नुपथ्र्यो । बिहानै रेडियो नेपाल पुग्थेँ । यसले मेरो पढाइलाई केही असर पनि ग¥यो ।’ कुञ्जना क्याम्पसमा भएको नृत्य प्रतियोगितामा भाग लिइन् । र, तेस्रो स्थान हासिल गरिन् ।
यसले उनलाई कलाकारितामा लाग्ने थप हौसला भयो । संकटकाल थियो । नेपाली सेनाले ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’ नामक राष्ट्रवादी भावको टेलिसिरियल चलाइरहेको थियो । कुञ्जनाले त्यसमा थोरै भूमिका पाएकी थिइन् । त्यसलगत्तै उनले सशस्त्र प्रहरीको ‘समर्पण राष्ट्रका लागि’ नामक सिरियलमा पनि भूमिका पाइन् । यसले उनलाई कलाकारितामा लाग्न चिनजान बढायो । कुञ्जना विभिन्न हास्य टेलिसिरियलमा पनि देखिन थालिन् । हास्य सिरियल ‘५२ घुस्सा त्रिपन्न ठक्कर’ हुँदै उनी तीतो सत्यमा देखिइन् । त्यहीबीचमा ‘लौन सतायो’ टेलिसिरियलमा पनि काम गर्न पुगिन् । जुन सिरियल प्रसारण भइसकेको थिएन । त्यहीँ उनको सीताराम कट्टेलसँग भेट भयो । जतिबेला कट्टेल धुर्मुस भइसकेका थिएनन् ।
यही क्रममा कुञ्जना, दमन रुपाखेती, केदार घिमिरे र सीताराम कट्टेलबीच एउटा फरक खालको हास्य टेलिशृंखला चलाउनेबारे छलफल भयो । र, निर्णयमा पुगे— मेरी बास्सै सुरु गर्ने । ०६२ सालदेखि सुरु भएको ‘मेरी बास्सै’ले छोटो समयमै चर्चा कमायो । जसले कुञ्जनालाई सुन्तली र सीतारामलाई धुर्मुस बनायो । मेरी बास्सैमा काम गर्न थालेपछि सुन्तली पाटन क्याम्पसमा स्नातकमा भर्ना भइन् । कामको चापले उनी कहिलेकाहीँ मात्रै क्याम्पस जान्थिन् । मेरी बास्सैको उनको सुन्तली चरित्र चर्चामा थियो । उनी भन्छिन्, ‘कलेजका साथीहरु भन्थे, सुन्तली बेलाबेला घुम्न आउँछे ।’ छाड्न को आयो भनेर झ्यालबाट चियाउँथे सुटिङ सुरु हुने र सकिने समयको टुंगो हुँदैनथ्यो । कहिले मौसमले धोका दिन्थ्यो, कहिले प्राविधिक समस्या ।
कुञ्जना कहिलेकाहीँ अबेर राति पनि घर फर्कन्थिन् । त्यतिबेला कुञ्जनालाई ‘कसले छाड्न आयो’ भनेर झ्यालबाट चियाउनेको ताँती लाग्थ्यो । ‘समाजमा उस्तो चेतना थिएन । मैले नेपाल प्रहरी र सेनाको सिरियलमा पनि काम गरेँ । मलाई कहिले सेना त कहिले सशस्त्रले घरमा पु¥याउन जान्थे,’ सुन्तली भन्छिन्, ‘त्यतिबेला पुलिसलाई गाउँघरमा एकदमै नराम्रो नजरले हेरिन्थ्यो ।’ सुन्तलीले समाजको चियोचर्चोलाई वास्ता गरिनन्, हतास पनि भइनन् । फेरि पनि भनेजस्तो सजिलो थिएन । ‘बुवाले बिहान हँसिलो मुखले बिदाइ त गर्नुहुन्थ्यो । तर, म भरे अबेला फर्कंदा उहाँको मुहार अँध्यारो हुन्थ्यो । दिनभरि क–कसले के–के सुनाइदिँदा रहेछन्,’ सुन्तलीले अभिभावकको मर्म बुुझ्दै भनिन्, ‘फेरि बाआमालाई छोरीको अलि बढी नै चिन्ता हुन्छ ।’ घरदेखि सिंहदरबारसम्म कुञ्जना बसमा आउँथिन् । बस खचाखच हुन्थ्यो । एउटी जवान युवतीलाई खचाखच बसमा यात्रा गर्न समस्या नै हुन्थ्यो । भन्छिन्, ‘लोकल गाडीमा कतिको कुदृष्टि लगाउँथे, कतिले गलत नियतले टच गर्थे ।’ सुन्तली र फतौरी आमा कुञ्जनाको सानैदेखिको सपना थियो, हिरोइन बन्ने । तर, उनी समाजकी सोझी सुन्तली बन्न पुगिन्, आमनेपालीको प्रिय बन्न पुगिन् ।
‘मेरो सानैदेखिको सपना थियो, हिरोइन बन्ने । हास्यकलाकार बनुँला भन्ने त सोचेकै थिइनँ । मलाई हास्यकलाकार बन्न कति क्षमता चाहिन्छ भन्ने पनि थाहा थिएन,’ कुञ्जना भन्छिन्, ‘आज लाग्दै छ, हास्यकलाकार बन्न सजिलो छैन । आज म हास्यकलाकारमै खुसी छु । मानिसहरूलाई समाजको चित्र र विचित्र बताएर हँसाउन कहाँ सजिलो छ र ?’ अहिले कुञ्जना कुञ्जना रहेकी छैनन् । उनलाई लोकले सुन्तली र फतौरी आमाको रूपमा बढी चिन्छ । भन्छिन्, ‘दर्शकमाझ फरक–फरक चरित्रमा प्रस्तुत हुन पाउँदा खुसी लाग्छ । जतिसक्दो धेरै चरित्रको रूपमा स्थापित हुन मन लाग्छ ।
रिसर्च गरेर एक्स्ट्रा क्यारेक्टरमा अभिनय गर्न मन हुन्छ ।’ सौभाग्य भन्नुपर्छ, कुञ्जनाले कलाकारिता क्षेत्रकै जीवनसाथी पाएकी छिन् । पर्दामा सुन्तली र धुर्मुसको रूपमा झगडा जो गर्छन्, घरभित्र भने असाध्यै मायामय वातावरण छ । उनी भन्छिन्, ‘उहाँ सहयोगी हुनुहुन्छ । परिवारको केयर गर्नुहुन्छ ।’ कुञ्जनाले धुर्मुससँग ०६५ सालमा बिहे गरेकी हुन्, जति बेला दुवै सुन्तली र धुर्मुसका रुपमा चर्चित थिए । उनले एक ढंगले सफलताकै शिखरमा बिहे गरेकी हुन् । भन्छिन्, ‘मेरो बिहेमा झन्डै पाँच हजार मान्छे आएका थिए ।
मैले यसैलाई सफलता सम्झेकी छु । कतै बाटोमा कसैले धुर्मुसले जस्तै ‘म त मर्छु कि क्या हो’ भन्छन् । कसैले ‘ओ फतौरी आमै’ भन्छन् । अलि हतारमा भए हाँसेर बाई भन्छु । फुर्सद भए के–कसो छ भनेर गफ गर्छु । किनभने, यी दर्शक मेरा कमाइ हुन् ।’ सुन्तली र धुर्मुसलाई सरकारले सरसफाइ दूत नियुक्त गरेको छ । भन्छिन्, ‘हामीमाथि सरकारको आशा र दर्शकको माया छ । यी दुवै हाम्रा लागि ऊर्जा हुन् । यही ऊर्जाले हामीले देश सफा गर्नेछौँ ।’ - राजेश भण्डारी/रातोपाटि