मिति: २०७१ पौष २० आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बोलीको प्रभाव बढ्नेछ। मित्रको सहयोगमा धनआर्जनको अवसर मिल्नेछ। अधुरा काम बन्नेछन्। भाग्य बलियो छ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मानसम्मान मिल्नुका साथै मनोबल बढ्नेछ। प्रतिद्वन्द्वी पराजित हुनेछन्। काममा सफलता मिल्नेछ भने बौद्धिक स्तर बढ्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दिनको पूर्वाद्र्ध मध्यम रहनेछ। खर्च बढ्नुका साथै झूटा आरोप लाग्न सक्छ। आफन्तको सहयोग प्राप्त नहुनाले मन खिन्न रहनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बौद्धिक वर्गबाट सम्मान प्राप्त हुनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। लेनदेनमा विवाद पर्न सक्छ। कान्तिक्षय हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पराक्रम बढ्नेछ। आम्दानीका स्रोत फेला पर्नेछ। महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन्। अध्ययनमा सफलता मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य गडबड हुनेछ। काममा अवरोध आउनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। भाग्यले साथ देला।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
विशिष्ट व्यक्तिको सहयोगमा अधुरा काम पूरा हुनका साथै नयाँ काम हात पर्नेछ। व्यावसायिक लगानी फलदायी रहनेछ। विद्यामा प्रगति हुनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बौद्धिक स्तर बढेर जानेछ। दैनिक कार्यमा उल्झन आउन सक्छ। अरूले तपाईंको विश्वास गर्नेछन्। राजनीतिक जिम्मेवारी बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनिबार शत्रु परास्त हुनेछन्। आटेको काम बन्नेछ। आइत, सोमबार अति उत्तम र सार्थक रहनेछ। मंगल, बुधबार हानिकारक रहन सक्नेछ। बिहीबार, शुक्रबार मध्यम रहनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको सुरुदेखिका धेरै दिनहरू अनुकूल रहनेछन्। शनिबार बौद्धिक काम गरिनेछ। आइत, सोमबार शत्रुमाथि विजय प्राप्त हुनेछ। मंगल, बुधबार दाम्पत्यबाहेकका अन्य पक्ष सबै सबल रहनेछन्। बिहीबार, शुक्रबार प्रतिकूल रहनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको सुरुको एक दिन बाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनिबार ईष्र्याप्रधान रहनेछ। आइत, सोमबार निर्णय क्षमता बढ्नेछ। मंगल, बुधबार सहकार्यमा सहज हुनेछ। बिहीबार, शुक्रबार सुखद कार्य यात्रा हुनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार कार्यगत तीव्रता थपिनेछ। आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम प्राय: रहनेछ। बिहीबार, शुक्रबार काममा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ।