Header Ads

गायिका दिव्यज्योतिका मर्मस्पर्शी गीतहरु - भिडियोसहित

divya
करीब दुई वर्ष अघि पागल बनायौ प्रिय बोलको गजलसँगै सांगीतिक बजारमा उदाएकी दिव्यज्योतिको त्यही गीतको बोल जस्तै उनको आवाजले धेरैलाई पागल बनायो,धेरैको मन बहलायो,उनको आवाजले धेरैलाई जादु पनि लगायो । यद्यपि अर्का गायक शिव परियारले पनि यही गीत गाएका कारण दिव्यज्योतिलाई आफ्नो परिचय स्थापित गराउनु निकै चुनौती पनि थियो । तर श्रोतालाई पागल बनाएकी उनले अन्ततः बाजी मारिन् । श्रोता र दर्शकहरुले यो आवाजलाई मन पराए । त्यसपछि उनले आफ्नै आवाजमा नजर एल्बम ल्याइन् ।

जुन एल्बम उनको एकल कोसेलीको त थिएन,तैपनि उनको आवाजका तीन गलजले दिव्यज्योतिलाई एक कदम उचाईमा पुर्यायो । नजरमा मदहोसीमा र यसपाली त गरी दुई वटा गजलमा उनलाई प्रेम सेनले साथ दिएका छन् । नआउ नजरमा बोलको गजल भने प्रेम सेन र दिव्यजोतीको छुट्टाछुट्टै स्वरमा ‘नजर’मा सुन्न सकिन्छ । नजरपछि उनको आवाजमा हालै सम्झनाको पाना नामक म्युजिक एल्बम बजारमा आएको छ । यसमा एल्बमको शीर्ष गीत सम्झनाको पानासहित उनले तीनवटा गीतमा आफ्नो मेलोडियस आवाज दिएकी छिन् । सम्झनाको पानामा उनीसहित शिव परियार,प्रमोद खरेल,आँशुसेन लामा र मिलन अमात्यको पनि आवाज रहेको छ । सम्झनाको पानाभित्र पाँच दशक पहिले लेखिएको एक गीतमा पनि दिव्यज्योतिले आवाज भरेकी छिन् ।

फकाई लेउ लठ्ठयाई देउ यो रुपवतीलाई
यसैमा फुल यसैमा भुल यसैमा रमाई
मायालु पनको यो दिलको भाका ल भन कस्तो छ ?
ल भन तिमी…..
उषाको लाली सगरको छाती अनेकौं मिलेर
बनेको छ है यो प्यारो बदन तिम्रो नै भनेर
जिवनमा मेरो तिमी नै तिमी ल भन कस्तो छ ?
ल भन तिमी…….

स्वर्गीय प्रेम राणा र चन्द्रबहादुर केसीको रचनाको यो गीतलाई दीपक अर्यालले ५२ वर्ष अगाडि कम्पोज गरेका थिए तर विभिन्न कारणले पा“च दशकसम्म यो गीत रेकर्ड हुन सकेको थिएन । अहिले यो गीत रेकर्ड भएर बजारमा ल्याइएको छ । ५ दशक पुरानो यो गीतमा स्वर दिन पाएकोमा आफू एकदमै खुशी भएको गायिका दिव्यज्योतिको भनाई छ ।
सांगीतिक आकाशमा फड्को मार्दै अघि बढेकी दिव्यज्योतिको आवाजले अझ सफलता चुमोस् ।
Powered by Blogger.