सिके राउत फेरि पक्राउ, प्रहरी–राउत समर्थकबीच झडप
विराटनगर । स्वराज जागरण अभियान गर्दै हिँडेका सिके राउतलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विराटनगरको डिग्री क्याम्पसनजिकको मैदानमा आमसभा आयोजना गर्ने क्रममा सिके राउत समर्थक र प्रहरीबीच झड्पसमेत भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रभु ढकालले आमसभामा सम्बोधन गर्न आएका राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएलगत्तै उनका समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेको बताए। तीन–चारसयको संख्यामा रहेका उनीहरूले प्रहार गरेको ढुंगा लागेर १३ प्रहरी घाइते भएका छन्।
प्रहरीले ढुंगामुढा गर्नेलाई तितिरबितर गर्न ६ सेल अश्रुग्याससमेत प्रहार गरेको डिएसपी ढकालले जनाए। उनका अनुसार अहिले आमसभा स्थल सामान्य भएको छ। राउतलाई दुई महिनाअघि मोरङमै 'राज्यविप्लव'को अभियोगमा पक्राउ गरिएको थियो। उनी धरौटीमा रिहा भएका हुन्।