Header Ads

नांगो फोटो लिक भएपछि गूगलमा छाइन् जेनिफर !

लस एञ्जलस । ओस्कर विजेता अभिनेत्री जेनिफर लोरन्स यस वर्षभर गूगलमा सबैभन्दा धेरै सर्च गरिएकी हलिउड सेलिब्रेटी बनेकी छन् । एक रिपोर्टका अनुसार उनको नग्न तस्बिर लिक भएकै कारण २४ वर्षीया यी अभिनेत्री यस वर्ष सबैभन्दा चर्चित भएकी हुन् ।

इन्टरनेटमा यस वर्ष लोरेन्ससँगै केही सेलिब्रेटीको तस्बिर पनि ह्याक भएको थियो । तर, यी अभिनेत्री यस वर्ष क्रिस मार्टिनका साथ प्रेम प्रशंग र बक्स अफिसमा ब्लकबस्टर फिल्म ‘द हंगर गेम्स : मोकिङजे– भाग २’ लाई लिएर पनि मिडियामा छाइन् ।

उनलाई हरेक दिन संसारका प्रशंसकले इन्टरनेटमा सर्च गरिरहे, जसको फल अहिले लोरेन्सले चाख्न पाएकी छन् । अभिनेत्री लोरेन्सपछि रियालिटी टिभी स्टार किम कारर्दाशियन दोस्रो स्थानमा परेकी छन् भने फ्रान्सिसी अभिनेत्री जुली गायत तेस्रो स्थानमा छिन् ।

जबकि, यस वर्ष गम्भीर कार दुर्घटनामा परेका हास्य कलाकार ट्रेसी मोर्गन र आफ्नो लुकका कारण चर्चामा आएकी रेनी जेलवेगर शीर्ष पाँचमा परेका छन् । सर्वेक्षणमा शीर्ष १० मा स्थान पाउनेमा ‘डल्लास बायर क्लब’ का स्टार जैरेड लेटो, गायिका लोर्डे, ‘डल्लास’ का सहकलाकार मैथ्यू मैककोनोगी, जोर्ज क्लुनीकी पत्नी अमल अलामुद्दीन र एनबीए टिमका मालिक डोनाल्ड स्टर्लिङ छन् ।
Powered by Blogger.