Header Ads

आज मिति: २०७१ पुस ७ गते सोमबार, हेर्नुहोस तपाईको आज कस्तो छ त ?


    मिति: २०७१ पौष ७ सोमबार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कर्ममा विश्वास बढ्नेछ। ग्रहको सकारात्मक प्रभावका कारण व्यापारव्यवसायमा आंशिक सफलता प्राप्तिको योग देखिन्छ। सुख-समृद्धिमा वृद्धि होला।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    बन्धुबान्धवको सहयोगबाट जटिल काम बन्नेछन्। दैनिक कार्यमा वादविवाद उत्पन्न हुनसक्छ। सामाजिक दायित्वबोधको अनुभूति हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    राजनीतिक अन्तर्घातको योग देखिन्छ। बौद्धिक विलासिता बढ्नेछ। रोजगारीका क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। चिसोको समस्या उत्पन्न हुनसक्छ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    वैवाहिक तथा मांगलिक कार्यमा सहभागिताको योग देखिन्छ। मानसिक अशान्ति र तनावले खिन्नता बढाउन सक्छ। सौभाग्य वृद्धिको योग छ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    पारिवारिक दायित्व बढ्नेछ। आर्थिक क्षेत्रमा अप्ठेरो पर्न सक्छ। वैचारिक तर्कशक्तिको विकास हुनेछ। परिवारको सहयोग भने प्रशस्त मिल्ने देखिन्छ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    मानसिक खिन्नताले सताउन सक्छ। जसभन्दा अपजस सामना गर्नुपर्ला। राजनीतिक विरोधाभासको सामना गर्नुपर्ला। वैदेशिक कार्यमा सफलता मिल्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    वैदेशिक रोजगारीको अवसर मिल्नेछ। बौद्धिक विचार आदानप्रदान होला। कूटनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। आयआर्जनको योग छ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मान्यजन सहयोग प्राप्त हुनेछ। सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ला। प्रेमीप्रेमिकाबीच सुमधुर सम्बन्ध रहनेछ। स्वास्थ्यमा बाधा उत्पन्न हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    अनावश्यक खर्च बढ्नाले मानसिक तनाव उत्पन्न हुनसक्छ। आध्यात्मिक यात्राको योग बन्नेछ। लामो समयदेखि रोकिएको कार्य बन्नेछन्।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    शैक्षिक क्षेत्रमा प्रशस्त अवसर प्राप्त होला। न्यायिक तथा सामाजिक क्षेत्रमा सफलता हात लाग्नेछ। व्यापार व्यवसायमा आंशिक लाभ प्राप्त होला।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    कृषि तथा व्यावसायिक कार्यमा सफलता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। शैक्षिक कार्यमा लगानीको योग देखिन्छ। सामाजिक कार्यप्रति लगाव बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    कूटनीतिक प्रयास सफल हुनेछन्। सामाजिक क्षेत्रमा सम्मान प्राप्तिको योग देखिन्छ। मनोरञ्जनपूर्ण यात्रा हुनेछ। आध्यात्मिक कार्यमा सफलता प्राप्त होला।
Powered by Blogger.