Header Ads

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित चितवनमा

चितवन - पूर्वराजा ज्ञानेन्द्र साह परिवारसहित एक सातादेखि चितवनमा छन् । कसरा रिसोर्टमा बसिरहेका उनी मंगलावर परिवारसहित सौराहा पुगेका थिए ।

सौराहामा आयोजित ११ औं चितवन हात्ती महोत्सवको समापनको अवसरमा उनी हात्तीले देखाउने कला हेर्न उपस्थित थिए । कडा सुरक्षा र दर्शकको भीडबीच उनी हात्ती दौड र छावा फुटबल भएको स्थानमा पुगेका थिए । उनी सँगै पूर्व युवराज्ञी हिमानी, छोरी प्रेरणा, नाति हृदयन्द्र र नातिनी थिए । झण्डै एक घण्टासम्म बसेर उनले हात्तीको प्रतिभा हेरे । परिवारका सदस्य हात्तीको फोटो खिच्न ब्यस्त देखिन्थे । उनी त्यहाँबाट कसरा रिसोर्ट फर्किएका छन् ।

उनलाई आयोजक क्षेत्रिय होटल संघका अध्यक्ष ज्ञानेन्द्रकुमार बिष्टले मायाको चिनोको रुपमा गैंडाको मूर्ति दिए ।
Powered by Blogger.