Header Ads

पत्याउनै गाह्रो : बियरले नुहाएर मसाज गराउनुको मजा - फोटोफिचर सहित

एजेन्सी । यो त तपाई हामी सबैलाई थाहा छ कि बियर पिउनका लागि हुन्छ ।तर, तपाई यो थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ कि संसारमा यस्तो स्पा पनि छ जहाँ बियर पिउनुका साथसाथै नुहाउनकालागि पनि उपलव्ध हुने गर्दछ । यो स्पा चेक गणराज्यको सबैभन्दा ठुलो सहर प्रागमा छ ।जहाँ पाहुनालाई बियर पिलाउनुका साथसाथै नुहाउनकालागि पनि उपलव्ध गराउने गरिन्छ । बियर स्पामा आउने पाहुनालाई बाथ टबमा नुहाउनका लागि तीस मिनेट दिने गरिन्छ । हरेक टबसँगै पाइप लगाइएको हुन्छ, जसको माध्यमबाट पाहुना स्वयमले आफ्नो गिजासमा बियर लिएर नहाउनुका साथसाथै पिउने आनन्द पनि उठाउने गर्दछन् ।

बाथ टब बियरले भरिएको हुन्छ । त्यसका प्राकृतिक सामग्री पनि मिलाइएको हुन्छ । जुन मदिरा बनाउका लागि काम लाग्छ । यसमा जौं गहुँ पनि मिसाइएको हुन्छ ।यो सबैलाई ३७ डिग्री तापमानमा राखिन्छ ।ताकि बाथ टबमा हालिएको प्राकृतिक सामग्री बियरमा घोलियोस् । यसबाट नुहाउनेलाई भिटामिन्स, कार्बोहाइड्रेड्स र प्रोटिन्स मिल्ने दावी गरिएको छ। बाथपछि पाहुनालाई कम्पनीको तर्फबाट रिल्याक्सेसन सेशनको अफर पनि गरिन्छ ।जहाँ उनीहरुलाई हिटेड बेडका साथ २० मिनेटको मसाज सेवा पनि उपलव्ध गराइन्छ । spa5-f spa spa1 spa2 spa3 spa4 spa5 spa6 spa7 spa8 spa9 spa10 spa11 spa12
Powered by Blogger.