Header Ads

श्रीमती पोइल गएपछि छोराछोरीको हत्या आफुले गरे आत्महत्या

मोरङ । पत्नी अर्कैसँग हिँडेपछि बिरक्तिएका एक व्यक्तिले दुर्इ छोराछोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।

मोरङको बेलबारी–२ का ३५ वर्षीय ताराजुन राईले दुर्इ छोराछोरीलाई पासो लाएर हत्या गरेपछि आफूले पनि शनिबार राति आत्महत्या गरेका हुन् ।

उनले तीन वर्षीया छोरी दीपिका र ५ वर्षीय छोरा दीपेन्द्रलाई पासो लगाएर मारेपछि आफू पनि झुन्डिएका थिए । उनले छोराछोरीलाई पासो लाएर मारेपछि आफूले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ताराजुन र उनका छोराछोरीको शव आइतबार बिहान घरैमा झुण्डिएको अवस्थामा भेटिएको थियो । ताराजुनकी पत्नी एक हप्ताअघि अर्कैसँग भागेपछि उनी तनावमा थिए ।
Powered by Blogger.