४० किलो अलैंचीको मूल्य एक लाख !
ताप्लेजुङ । पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य प्रतिमन (४० किलो) १ लाख रुपैयाँ पुगेको छ । सदरमुकाम फुंलिङका व्यवसायीले सोमबार हालसम्मकै उच्च मूल्यमा कारोबार गरे ।
हाङदेवा–६ का घनबहादुर कार्कीले अलैंची प्रतिमन लाख रुपैयाँमा लिएको बताए । उनले पाँच वर्षअधि त्यति अलैंची ८ हजारमा बेचेका थिए । आफ्नै पाखाबारीमा उत्पादित बालीले निकै राम्रो प्रतिफ दिएको उनलाई लागेको छ । लाख रुपैयाँ पुगेपछि दुई दिनमै सयौं मन अलैंचीको कारोबार भएको व्यवसायीले बताए ।
गाउँमै भण्डारण गरेका किसान आफ्नो उत्पादन धमाधम सदरमुकाम पुर्याउन थालेका छन् । - कान्तिपुर दैनिकबाट