मिति: २०७१ पौष ८ मंगलवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्य सफल होला। श्वाससम्बन्धी समस्याले सताउनेछ। धन आर्जनको अवसर मिल्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वैचारिक सद्भाव बढ्नेछ। खर्च वृद्धि हुनेछ। सुखद यात्राको योग छ। गीतसंगीतमा रुचि बढ्नेछ। शत्रु परास्त हुनेछन्।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
समय अनुकूल भए पनि नैराश्य एवं उदासीनता बढ्नेछ। आर्थिक कारोबारमा अघि नबढ्नु नै उचित रहनेछ। मान बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार व्यवसायमा वृद्धि हुनेछ। दाजुभाइबाट सहयोग मिल्नेछ। शत्रु परास्त हुनेछन्। धार्मिक कार्यमा समय व्यतित हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धन आर्जन गर्ने अवसर छ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ। मन चिन्तित हुने भएकाले धैर्यपूर्वक अघि बढ्नु होला।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
पारिवारिक सुख प्राप्त हुनेछ। धार्मिक कार्यमा खासै रुचि बढ्ने छैन। राज्यबाट कार्यमा उल्झन आउनेछ। विद्यामा प्रगति हुनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा सफल हुने योग छ। खर्च बढ्नेछ। अनावश्यक उल्झनको सामना गर्नुपर्ला।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शरीरमा आलस्य बढ्नेछ। सन्तानबाट सहयोग प्राप्त होला। काममा निरन्तरता दिन समस्या पर्नेछ। भाग्योदयको योग छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
स्वास्थ्यमा सुधार आउनेछ। कार्यमा बाधा, विवाद आउनेछ। आर्थिक पक्ष कमजोर बन्ला। मनमा चिन्ता बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मन प्रसन्न रहनेछ। महत्त्वपूर्ण कार्यहरू सफल हुनेछन्। बोलीको प्रभाव बढ्नाले शत्रु परास्त हुनेछन्। कफको समस्या बढ्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
अकस्मात् धनागमको योग छ। स्वास्थ्यमा सुधार आउनेछ। मनमा उत्साह बढ्नेछ। अध्ययनअध्यापन सामान्य रहनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
रोजगार प्राप्त हुनसक्छ। पतिपत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ। विपरीत लिंगीप्रति आकर्षण बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।