‘शारीरिक शोषणमा परेकी छैन’ – संगीता यादव
बिराटनगर-११ मधुमाराकी सँगीता पछिल्लो सयम विभिन्न भूमिकाका कारण चर्चामा छिन् । तथापि उनलाई तितोसत्यको महिला सभासद्को भूमिकाले अहिले निकै चर्चित बनाएको छ । उमेरले २२ बसन्तमा यात्रारत उनी कलाकार बन्नकै लागि बिराटनगरबाट राजधानी छिरेकी रहिछन्, ‘कलाकार बन्न निकै हन्डर खाईयो । तर दिपाश्री निरौला दिदीको सहयोगले आज तितोसत्य मार्फत चर्चित बन्न पाएकोमा खुसी छु ।’ उनले गँभिर भावमा भनिन् ।
यो क्षेत्रमा आर्थिक र मानसिक शोषण भएको अनुभव उनीसँग छ,’तर भगवानको कृपाले अहिलेसम्म शारीरिक शोषित हुनु परेको छैन र त्यस्तो दिन पनि देख्नु नपरोस ।’ उनले भनिन् । सेक्सलाई उर्जा मान्ने सँगीता सेक्सबारे भन्छिन्,’प्रकृतिले सृष्टिलाई निरन्तरा दिननै सेक्सको सृजना गरेका हुन् । यदी सेक्समा त्यो सुखभोग भगवानले नदिएको भए न प्राणीले सन्तन जन्माउँथ्यो, न सृष्टि चल्थ्यो ।’
