Header Ads

चीनका विदेश मन्त्री दलका नेतालाई नभेटि फर्किए पछी

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम चीनका विदेशमन्त्री वाङ यीले अन्तिम समयमा रद्द गरे। उच्च स्रोतका अनुसार संविधान निर्माणमा क्रियाशील नेताहरूलाई छुट्टाछुट्टै भेट्दा नकारात्मक सन्देश प्रवाह हुनसक्नेमा सचेत हुँदै विदेशमन्त्री वाङलेनेताहरूलाई भेट्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन्। तीनदिने नेपाल भ्रमणमा आएका वाङ शनिबार ढाका प्रस्थान गरे।

 ‘सबै नेतालाई सामूहिक रूपमा चीनको विदेश नीति प्रस्ट्याएपछि नेपालको संवेदनशील राजनीतिक अवस्थामा नेताहरूलाई छुट्टाछुट्टै भेट्दा सम्भावित राजनीतिक परिणामको दोष आफूले बोक्न नचाहेको हुनसक्छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भनेको अन्नपूर्ण पोस्टमा खबर छ । थोरै प्रदेशसहितको संघीयता र धार्मिक सहिष्णुताका पक्षमा मत जाहेर गर्दै आएको चीनका विदेशमन्त्री वाङले दूतावासले शुक्रबार आयोजना गरेको रात्रिभोजमा सबै दलका नेताहरूलाई सामूहिक रूपमा सम्बोधन गर्दै संविधानका लागि सहमतिका आधार खोज्न सुझाव दिएका थिए।

नेपाललाई शान्त, स्थिर र एकताबद्ध बनाउने संविधान निर्माण गर्न सुझाव दिएका विदेशमन्त्री वाङ यीले रात्रिभोजकै क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता झलनाथ खनालसँग संक्षिप्त कुराकानी गरेका थिए। चिनियाँ दूतावासले एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष दाहाल, नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, संविधानसभाका अध्यक्ष सुवास नेम्बाङ र मधेस केन्द्रित केही दलका नेताहरूसँग पनि वाङले छुट्टै भेटवार्ता गर्ने कार्यक्रम बनाएको थियो। ती नेताहरूलाई विदेशमन्त्री वाङसँग भेटवार्ताका लागि तयार रहन टेलिफोनबाट दूतावासले खबरसमेत गरेको थियो।

विदेशमन्त्री वाङ शनिबार दिउँसो सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख रिट्रिटमा गएको धुलिखेलको द्वारिकाज रिसोर्ट पुगेका थिए। उनी बिहीबार काठमाडौं आएलगत्तै नगरकोट पुगेर क्लब हिमालयनदेखि भ्युटावरसम्म हिँडेरै पुगेका थिए। यसअघि पहिलो संविधानसभा विघटन हुँदा चिनियाँ राजदुत याङ होउलान करिब दुई साता बेइजिङ गएर बसेका थिए।
Powered by Blogger.