Header Ads

किस विवादपछि मीका र ‘आइटम क्वीन’ राखी एक साथ

एजेन्सी । सन् २००६ मा ‘आइटम क्वीन’ राखी सावन्तलाई चुम्बन गरेर विवादमा परेका चर्चित गायक मीका सिंहका अनुसार चाँडै उनी यस्तो गीत ल्याउँदै छन् जसमा राखी सावन्तसमेत हुनेछिन् । उनीहरु चुम्बन विवादपछि एकअर्कादेखि छाढै रहँदै आएका छन् । तर, अब उनीहरु साथ हुने छन् ।

मीका र राखीलाई गएको सोमबार चलचित्र ‘मुम्बई कैन डान्स साला’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा देखा परेका थिए । संचारकर्मीहरुको भविष्यमा राखीका साथ काम गर्नुहुन्छ भन्ने प्रश्नमा मीकाले भने–हो, जहिले मौका मिल्छ गर्नेछु ।हामी भविष्यमा साँच्चै एउटा गीतमा साथ काम गर्नेछौ ।

तर,अहिले हामीदुवै आआफ्नो काममा व्यस्त छौ । ‘मुम्बई कैन डान्स साला’ मा राखीका साथै आशिमा शर्मा, प्रशान्त नारायण, आदित्य पंचोली र शक्ति कपुर पनि छन् । चलचित्र ३ जनवरीमा रिलिज हुनेछ ।
Powered by Blogger.