Header Ads

किन राखी सावन्तमाथि जेल सजायको माग गरियो ?

एजेन्सी । बलिउडकी ‘कन्ट्रोभर्सी क्वीन’ का रुपमा ख्याति कमाएकीराखी सावन्त एक पटक पुनः विवादमा छिन् । चलचित्र ‘मुम्बई कैन डान्स साला’ का निर्देशक सचिन्द्र शर्मामाथि सावन्तकी साथी मनीषा कुमारीले कास्टिङ काउचको आरोप लगेको छ । यसको उत्तमरमा निर्देशक पत्नी मधु शर्माले सान्ताक्रुज प्रहरी स्टेशनमा मानहानीको मुद्दा दर्ता गराएकी छन् । ११ डिसेम्बरको साँझ चलचित्र ‘मुम्बई कैन डान्स साला’ को अडियो सार्वजनिक गर्ने कार्यक्रम थियो ।
सोही अवसरमा राखी सावन्तकी साथी मनीषा कुमारी र निर्देशक सचिन्द्र शर्माबीच भएको कथित टकरावपछि राखी सावन्त र मनीषाले निर्देशकमाथि मिडियासामु कास्टिङ काउटको आरोप लगाएका हुन्। यस विषयमा सान्ताक्रुज प्रहरी स्टेशनमा मुद्दा दर्ता भइसकेको छ । यस आरोपको जवाफमा निर्देशक शर्माले ११ डिसेम्बर साँझ आफू घर नजिकै कपडा किन्दै गरेको बताएका छन् । शर्माकी श्रीमतीले उल्टो राखी सावन्तको पब्लिसिटी स्टन्टको आरोप लगाउँदै त्यसमा मनीषा कुमारीलाई प्रयोग गरेको आरोप लगाएकी छन् । सचिन्द्र शर्माका वकिलले मनीषा र राखी सावन्त जुन आरोप लगाएका छन् त्यसअनुसार उनीहरुलाई जेल सजायसमेत हुन सक्दछ ।

मधु शर्माले स्पष्ट गरेकी छन् कि उनी मुद्दा एक सर्तमा फिर्ता लिन तयार छिन् यदि राखीले सार्वजनिक रुपमा आफूले यो षड्यन्त्र पब्लिसिटीका लागि रचेको स्वीकार गर्नुपर्नेछ । यद्यपि राखी सावन्त आफ्नो नाम प्रयोग गरेर उनले चलचित्रको पब्लिसिटी गरेको आरोप लगाइरहेकी छन्। उनले मनीषामाथि साँचो बोलेको विश्वास रहेको बताएकी छन् । मुद्दाको आगामी १९ जनवरीमा २०१५ मा पेसी छ ।
भिडियो क्लिप हेर्नलाई तस्बिर मुनि क्लिक गर्नुहोला !
Powered by Blogger.