Header Ads

आज मिति: २०७१ पुस ११ गते शुक्रबार, हेर्नुहोस तपाईको आज कस्तो छ ?

    मिति: २०७१ पौष ११ शुक्रबार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शारीरिक स्फूर्ति बढ्नेछ। आफन्त तथा साथीभाइबीच आपसी सद्भाव बढ्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अनावश्यक खर्च बढ्नेछ। कारोबारमा प्रशस्त लाभ मिल्ने देखिन्छ। यात्रा गर्दा सचेत रहनुहोला। अध्ययनअध्यापनमा खासै रुचि नरहला। रोजगारमा स्थानान्तरण हुने योग छ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    कान्ति बढ्नेछ। विपरीत लिंगीप्रति प्रेमप्रसंग चल्ने देखिन्छ। शत्रु पराजय हुनेछन्। शारीरिक परिश्रम बढे पनि सौन्दर्य, यश र कीर्तिमा कमी आउनेछैन।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अनावश्यक खर्च बढ्नुका साथै दैनिक कार्यहरू प्रभावित रहनेछन्। शत्रु बढ्नुका साथै सामाजिक अपमान सहनु पर्ला। व्यापारिक क्षेत्रमा भय रहनेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आयआर्जनका नयाँ स्रोत फेला पर्ने योग छ। व्यवसाय यथावत् रहनेछ। पारिवारिक सद्भाव बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    रोजगारका अवसर मिल्नेछन्। मानसिक चिन्ता रहे पनि कर्मनिष्ठता बढ्ने देखिन्छ। आफन्त र साथीभाइको सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    कर्मप्रति नैराश्य बढ्नेछ। धर्मकर्म तथा आध्यात्मिक क्षेत्रमा नयाँ कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ। सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    स्वास्थ्यस्थिति बिग्रनसक्ने सम्भावना देखिन्छ। आम्दानीको स्रोत सबल भए पनि खर्चमा वृद्धि होला। हराएको धन प्राप्ति हुने योग छ। संकटको सामना गर्नुपर्ला।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। सन्तानसुख प्राप्त होला। शारीरिक स्फूर्ति बढ्नेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    अनावश्यक वादविवादको सामना गर्नुपर्ला। धनआर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या देखिए पनि आफन्तको सहयोग, भूमि र बाहनको सुख प्राप्त होला।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    विद्या, बुद्धि र ज्ञानको कदर हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ। एेश्वर्य वृद्धि हुनेछ। दैवी शक्तिमा विश्वास बढ्नेछ। अपेक्षाकृत लाभ मिल्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    कर्मप्रतिको विश्वास बढ्नुका साथै मान्यजनको सहयोग मिल्नेछ। आफन्तसँग मनमुटाव बढ्नेछ। अपरिचित व्यक्तिको सहजै विश्वास गर्नु उचित देखिँदैन।
Powered by Blogger.