Header Ads

अश्लिल नाच प्रदर्शन, कांग्रेस एमाले युवाबीच झड्प, प्रहरीहरु संरक्षण्ँमा मस्त


लहानको अर्को अकिर्ड होटलमा अश्लिल नाच प्रदर्शन गरिएको छ भने प्रहरीकै संरक्षण्ँमा मंगलवार राती अबेला (राती ११ बजेबढी ) सम्म केटी नचाएको रमिता चलेको थियो । यो नाच केही विशेस व्यक्तिको लागि गरिएको जानकारीमा आएको छ भने केही प्रहरीहरु यसको संरक्षण्ँमा मस्त थिए ।

केही समययता, लहानमा रेष्टुरेन्ट संचालन गर्दै आएका व्यावसायलाई प्रहरीले कारवाही गरी कैद भुक्तान गर्दै आएका छन् । यहां कसैलाई काखा त कसैलाई पाखा गर्ने काम प्रहरी प्रशासनबाट भइरहेको स्थानीय बीर युवा क्लबका अध्यक्ष वीरेन्द्र यादव बताउंछन् ।

त्यस्तै लहान १ सहिद चौकमा मंगलवार सांझ काग्रेस र एमाले युवाबीच आपसी झड्प हुंदा केही व्यक्ति घाईते भएका छन् । यता, झड्पका क्रममा दूई जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय लहानले जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार मंगलवार दिउंसो कांग्रेसका युवालाई एमालेका युवाहरुले कुटपिट गरिएको थियो । पछि सांझ ७ बजेतीर कांग्रेस तीरका युवाहरुको हुलले एमाले पार्टी कार्यालय अगाडि भेला भएका एमाले कार्यकर्ता तथा युवामाथी कांग्रेसका युवाहरुले कुटपिट गर्दै लखेटेका थिए । भाग्दै गएका एमालेका युवा छेउमै रहेको पाराडाइज होटलमा छिरेका थिए । कांग्रेसका युवाहरुले होटलभित्र छिर्दा पछाडिबाट लाठी प्रहार गर्दा होटलको ढोका शिशा र टेबुल तोडफोड भएको छ । आन्तरिक असम्झदारीको कारण्ँ भएको सो झडपको क्रममा प्रहरीले आधा दर्जन युवालाई पक्राउ गरी रिहा गरिएको छ भने दूई जना नियन्त्रण्ँमै रहेको छ ।

प्रहरी नियन्त्रण्ँमा रहेका लहान १ निवासी पपु यादव र इटहर्वा ४ निवासी रुपेश यादव रहेका छन् । दूई पार्टीका युवाहरुबीच भइरहेको विवादलाई साम्य पार्न खटिएको प्रहरीले सर्वसाधरण्ँलाई समेत चोटपटक लागेको छ । यता, होटल संचालक अरुण्ँ यादवले होटलमा भएको तोडफोडको क्षतिपूर्ती भराईदिन माग गर्दै आएको छ । कांग्रेसतर्फका युवाहरुबाट सो होटलमा क्षति पुगेको प्रत्यक्षदर्शी बताउंछन् । उता, एमालेका युवा होटलभित्र छिरेपछि प्रहरीले खोजतलासको क्रममा त्यस क्षत्रको अन्य पसलहरु तत्काल बन्द गराइएको थियो ।
Powered by Blogger.