Header Ads

परिवारलाई समय दिन नसक्दा प्रहरीमा धमाधम राजीनामा, राज्यलाई अर्बौ नोक्सान

काठमाडौ । ‘टेन्सन भो हजुर, परिवारलाई समय दिन पनि पाइएन, घरपरिवार नै लथालिंग भो, त्यसैले सेवा छाडेर खेतीपाती गर्छु ।’ दुई वर्षअघि राजधानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (आईजीपी) कुबेरसिंह राना एकछिन घोरिए । केही बेरको मौनतापछि रानाले सम्झाउन खोजे, ‘हतारमा राजिनामा नदेउ, सोचविचार गर ।’

तर, जति सम्झाउँदा पनि उनी आफ्नो अडानबाट नहटेपछि रानाले बाध्य भएर सईको राजिनामा स्वीकृत गरे । नेपाल प्रहरीमा अहिले पनि दैनिकजसो राजिनामा बुझाउन आउने जुनियर कर्मचारीको अनुरोध यो भन्दा भिन्न छैन, कारोबार दैनिकमा खबर छ । यसरी राजिनामा दिएका प्रहरीका कारण राज्यलाई बर्सेनि अर्बौं रुपैयाँ नोक्सान भइरहेको छ । 

पेन्सन अवधि पूरा गरेर राजिनामा दिनु स्वभाविक भए पनि सेवाप्रवेशको छोटो अवधिमै राजिनामा दिँदा राज्यलाई हरेक वर्ष सवा अर्बभन्दा बढी ब्ययभार थपिन्छ । एक प्रहरी कर्मचारीका लागि भर्ना मितिदेखि आधारभूत तालिम (पासआउट) भई जिम्मेवारी तोकिँदासम्मको अवधिमा हतियार, बन्दोबस्तीका सामान र तलबभत्तामा मात्रै ८ देखि १० लाख रुपैयाँ खर्च हुन्छ । 

राजिनामाका कारण खाली भएको ठाउँमा भर्ना लिँदा राज्इले पुन ? त्यत्ति नै खर्च ब्यहोर्नुपर्छ । पछिल्ला तीन वर्षयता तीन हजार पाँच सय भन्दा बढी प्रहरी कर्मचारीले सेवाबाट राजिनामा दिइसकेका छन् । देशभरका प्रहरी कार्यालयमा दैनिकजसो कुनै न कुनै कारण देखाएर राजिनामा दिन आउने प्रहरीको संख्या बढ्दो छ ।
Powered by Blogger.