Header Ads

तुलाधरले बानेश्वर कब्जा गर्ने

काठमाडौं। बामपन्थि नेता पद्यमरत्न तुलाधरको नेतृत्वमा पहिचानपक्षधरहरुले संविधानसभाको भवन रहेको बानेश्वर कब्जा गर्ने भएको छ ।

पहिचानसहितको संविधानको माग गर्दै आएको तुलाधर मोर्चाको यहि २० गतेदेखि २५ गतेसम्म बानेश्वरलाई कब्जामा लिन लागेको हो ।

संविधानसभालाई पहिचानविरोधिहरुले कब्जामा लिन लागेको भन्दै त्यसलाई मुक्त गर्न यो आन्दोलन थालिएको मोर्चाले जनाएको छ । मोर्चाको दोस्रो चरणको कार्यक्रम स्वरुप यस्तो आन्दोलनको कार्यक्रम गरिन लागेको मोर्चाले बतायो ।

मोर्चाले बानेश्वरमै २७ गते विरोधसभा गर्दैछ भने माघ २ गते काठमाडौंको आमसभा गर्नेपनि जनाएको छ । साथै प्रचण्ड नेतृत्वको ३० दलिय मोर्चाका सम्पुर्ण कार्यक्रमप्रति एैक्यवदद्ता समेत जनाएको छ ।
Powered by Blogger.