Header Ads

संविधान जारी गर्नका लागि ओलीको पाँच सर्त

सुनसरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ८ भित्रै सहमतिबाट संविधान जारी गर्नका लागि पाँचवटा सर्त पार्टीको बटमलाइन भएको बताएका छन्। उनले शान्ति, राष्ट्रिय एकता, शासनमा जनताको सहभागिता, स्रोत-साधन सुहाउँदो संघीय प्रदेश निर्धारण र लोकतान्त्रिक अधिकार प्राप्ति मूल्य-मान्यतालाई आत्मासात गर्ने पक्षमा सहमति गर्न सकिने बताए।

 'देश र जनताको हितलाई नबिगारिकन माघ ८ मै संविधान गर्न एमाले खोजिरहेको छ,' अध्यक्ष ओलीले सुनसरी दुहवीमा आइतबार पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा भने, 'पार्टीले तय गरेका पाँचवटा सर्त विपरीत संविधान निर्माण गर्दा सहमति गर्न सकिँदैन।' संविधान निर्माणका लागि प्रगति भने नभएको उनले बताए।

'धान दाहिनी गर्दा गोरू घुमाइरहदा थुप्रै किलोमिटर पार गर्नुपर्ने भए पनि नाप्दा जहाँको त्यही घुमिरहेजस्तै संविधान निर्माणमा सहमति पनि फन्को मार्ने काममात्र भएको छ,' उनले भने।

अध्यक्ष ओलीले संविधानसभा असफल बनाउन खोज्ने हो भने असफल पनि हुने भए पनि २००७ सालदेखि पटक-पटक नेपाली जनताले अधिकार प्राप्तिका लागि लडिरहेकाले अब कसैले पनि जनतालाई धोका दिन नहुने बताए।
Powered by Blogger.