Header Ads

सार्क मुलुकका राष्ट्राध्यक्षद्वारा नेपालको प्रशंसा नै प्रशंसा

काठमाडौ, मंसीर १० । काठमाडौँमा प्रारम्भ भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखले काठमाडौँमा आयोजना भएको शिखर सम्मेलनको राजधानी काठमाडौँका साथै नेपालका बारेमा प्रशंसा गरेका छन् ।


Sarrif Delivers Remarks at 18th SAARC Summit आफ्नो सम्बोधन भाषणमा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले काठमाडौँलाई सुन्दर सहरको संज्ञा दिएका छन् । उनले भने–“काठमाडौँ इज ए ब्युटिफुल सिटी’ त्यसैगरी प्रधानमन्त्री सरिफले हिमालयको देशको रुपमा पनि नेपालको प्रशंसा गरेका थिए ।


Rajapaksa Delivers Remarks on 18th SAARC Summit श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षले ऐतिहासिक सहरको रूपमा काठमाडौँको चिनारी गराए । उनले भने– “काठमाडौँ इज ए हिष्टोरिकल सिटी ।” भगवान् गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्न पाएकामा उनले प्रशन्नता पनि व्यक्त गरेका थिए ।

Afghanistan President Delivers Remarks on 18th Saarc Summit अफगानिस्तानका राष्ट्रपति महोम्मद असरफ घानीले भने औपचारिकता पूरा गर्दै सिधैँ सार्कका गतिविधितर्फ आफ्नो सम्बोधन अघि बढाएका थिए ।

Bangladeshi Prime Minister Delivers Remarks at 18th SAARC Summit बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले काठमाडाँैलाई सुन्दर उपत्यकाको रूपमा प्रस्तुत गरिन् । सम्बोधन भाषणमा उनले भनिन् –“काठमाडौ इज ए ब्युटिफुल भ्याली ।’


Bhutanese Prime Minister Delivers Remarks on 18th SAARC Summit भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपाललाई भगवान् बुद्धको जन्मस्थल रहेको पवित्र भूमिको रूपमा लिए । सम्बोधन भाषणमा उनले ‘नेपाल इज ए प्लेस अफ लर्ड बुद्ध ।’

Modi Delivers Remarks on 18th SAARC Summit भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्थल मार्गको पूर्वाधार राम्रो नभएका कारण यस सम्मेलनका लागि स्थल मार्गबाट काठमाडाँै आउन कठिन भएको बताए ।


उनले सार्क क्षेत्रलाई बुद्धिष्ट परिपथ बनाउनुपर्ने प्रस्ताव पनि गरे ।


माल्दिभ्सका राष्ट्रपति अब्दुल यामिनले गहिरो सामुन्द्रिक मुलुकबाट विश्वको सबैभन्दा अग्लो शिखर भएको नेपालमा आतिथ्य बन्न पाएकामा खुसी व्यक्त गरे ।
तस्बिर सौजन्यः रासस
Powered by Blogger.