शरीरमा पेट्रोल खन्याएर एक किशोरले गरे आत्महत्या
काभ्रे । मध्यपुर–१६ का एक युवकले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेका छन । एपेक्स कलेजमा बिबिए छैटौ सेमेस्टरमा अध्ययरत २१ बर्षिय आशिष उप्रेतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार आगलागीबाट युवकको घटनास्थलमानै ज्यान गएको हो । युवकको शवलाई काभ्रेको काभ्रे गाविस वडा नंवर ९ मा रहेको जंगलमा जलिरहेको अवस्थामा स्थानियबासिन्दाले फेला पारेका थिए । उनले घटनास्थलभन्दा डेढ किलोमिटर वर नै आफ्नो मोटरसाइकल राखेर पेट्रोल निकाली आफ्नै शरीरमा छर्केको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दिउँसो घरबाट उनका बाबुआमा आएर उनको शव पहिचान गरेका थिए । छोराको जलेको शव देखेपछि बाबुआमा दुवै बेहोस् भएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार एपेक्स कलेजमा नै पढ्ने एक राणा थरकी युवतीसँग आशिषको प्रेम सम्बन्ध थियो । एक हप्ताअघि प्रेमिकाको विषयमा उनको एकजना युवकसँग सामान्य झगडा परेको थियो ।
केहि दिनदेखि निकै तनाबमा रहेका उप्रेती विहान कलेज जान भनेर घरबाट निस्किएको परिवारले जनाएको छ । घटनास्थलबाट पेट्रोल भरिएका तीन वोतल र प्रयोग भएका दुई बोतल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं एसपी पुजा सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।