Header Ads

कक्षामा छात्रा जिस्काउने तीनजना शिक्षक कारबाहीमा

रौतहट, मंसिर १० । छात्रालाई अभद्र व्यवहार गर्ने रौतहटको माध्यमिक विद्यालय प्रेमपुर गोनाहीका तीनजना शिक्षकलाई कारबाही हुने भएको छ। विद्यालयले निजी स्रोतमा राखेका शिक्षक धीरेन्द्र साह र लेखापाल अरविन्द यादवलाई सेवाबाट हटाउने र अर्का स्थायी शिक्षक अनिल यादवलाई सरुवा गर्ने निर्णय भएको हो।

विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र विद्यालय प्रशासनले तीनैजना शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक रामएकवाल यादवले बताए।

पढ्न आएकी एक छात्रालाई लेखापाल यादवले शुक्रबार दुव्र्यवहार गरेको र शिक्षक अनिल र धीरेन्द्रले पटकपटक छात्राहरूलाई जिस्क्याउने गरेको आरोप लागेपछि यस्तो निर्णय गरिएको छ ।
Powered by Blogger.