Header Ads

बल्ल यसरि पत्ता लाग्यो खतरनाक इबोलाको औषधि ...

एजेन्सी । वैज्ञानिकहरुले इबोला भाइरस नियन्त्रणका लागि बनाइएको प्रयोगात्मक औषधिको पहिलो परीक्षणको नतिजा सकारात्मक आएको बताएका छन् ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)का पदाधिकारीले औषधि परीक्षणको नतिजा आशाजनक रहेको बताएका हुन् ।उनीहरुले यो खोपले शरीरको प्रतिरक्षा क्षमतालाई बढाउन सहयोग पुग्ने बताएका छन् ।

 परिक्षणका क्रममा यो औषधि २० जनालाई दिइएको थियो । उनीहरुमा इबोला रोग प्रतिरोधात्मक क्षमता भएको र औषधीको नकारात्मक प्रभाव पनि नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।यो औषधिले शतप्रतिशत काम गर्ने पुष्टि भने भएको छैन । फेरि दोस्रो चरणमा परिक्षण गर्ने वैज्ञानिकहरुले योजना बनाएका छन् ।

दोस्रो चरणको परिक्षण सफल भएमा इबोला भाइरसविरुद्धको औषधि पश्चिम अफ्रिकी मुलुकमा आगामी जनवरीबाट पठाइने छ ।
भिडियो जानकारी तस्बिर मुनि हेर्न सकिने छ !
Powered by Blogger.