Header Ads

के तपाईलाई थाहा छ ? एक दिनमा फेसबुकमा कति फोटो मात्र अपलोड हुन्छ ? फेसबुमा किन यस्तो ?

१ महिनामा एक १० खर्व भन्दा बढि पटक पढिने पाना, फेसबुक । HitWise नामक वेबसाइट को अनुसार विश्वको करिब 9 प्रतिसत इन्टरनेट ट्राफिक ओगट्ने फेसबुक सर्च इन्जिन गुगल भन्दा थोरै अगाडि छ । एक दिनमा 3000 लाख भन्दा बढि फोटो मात्र अपलोड हुन्छ फेसबुकमा ।

10 लाख भन्दा बढि वेबसाइट र 5 लाख पचास हजार एप्लिकेसनलाइ सम्हाल्न फेसबुक संग ठुला दुइवटा डाटा सेन्टर छन् र दुइवटा अरु बनाइदैछ । डाटा सेन्टर हामी संग हुने हार्ड डिस्क जस्तै हो, फरक यत्ति हो कि डाटा सेन्टरको क्षमता लाखौ गुणा बढि हुन्छ ।

 तपाइको होम पेज सामान्यतया सयौं सर्भर हुदै, दसौ हजार एक एक डाटा हेर्दै, सबैलाइ मिलाइ केबल सेकेन्डभर मा तपाइ सम्म आइपुग्छ । 9000 लाख सक्रिय युजर भएको फेसबुक सन् 2004 मा लन्च गरिएको थियो । करिब एक बिलियन डरल मात्र फेसबुकले अन्य भौतिक पुर्वाधारमा खर्च गरेको छ। सर्भरको लागिमात्र एघार सय मिलियन डलर खर्च भइसकेको छ ।
Powered by Blogger.