Header Ads

सार्कले सर्वसाधारणलाई यसरि भो सास्ती - फोटो फिचर सहित

काठमाडौं । आगामी बुधबार र बिहिबार काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनको तयारीले गर्दा सर्वसाधारणले सोमबार सस्ती ब्यहोर्नु परेको छ । सार्क सुरक्षालाई मध्यनगर गरेर सरकारले जोर–बिजोरको नियम बनाउदा सोमबार जोर नम्बरका मात्र सवरी साधन चलेका थिए ।

जसले गर्दा सार्वजनिक यातायत कम चल्नुका साथै भिडभिड थिए । जसका कारण सार्वसाधारणले गन्तब्यतर्फ जान हैरानी ब्यहोरेका थिए । ट्राफिक ब्यावस्था सहज बनाउने नाममा बनाइएको नियम सोमबारदेखि ५ दिनसम्म लागु हुन्छ । सार्वसाधारणले अझै ४ दिन हैरानी ब्याहोर्नु पर्नेछ । यता भिभिआइपीलाई दिने सुरक्षाको रिहल्सनले गर्दा सोमबार बिहान ९ देखि १ बजेसम्म राजधानीको ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेको थियो ।
Powered by Blogger.