जाजरकोट दुर्घटनाः भेरी नदीमा २० फिट तल बस भएको अनुमान नदीबाट बस निकाल्न सकिएन, दर्जनौं अझै बेपत्ता
जाजरकोट, मंसीर ५ – विहीवार दुर्घटना ग्रस्त भएको यात्रुवहाक वस शुक्रवार पनि नदीबाट निकाल्न सकिएको छैन । कर्णाली चिसापानी, पोखरावाट आएको गोताखोरको टिमले वस २० फिट तल पानीमा भएको अनुमान लगाएका छन् ।
गोताखोरहरुको सहयोगमा वसमा रसिद लगाएर तान्दा घिनी भाचिएपछि पुनः दिउसो ३ वजे देखी काठमो घिनी वनाई वस निकाल्न प्रयास गरेपनि त्यो असफल भएको छ ।
वसमा ५६ जना भन्दा वढी यात्रुहरु रहेको अनुमान लगाएको छ । शनिवार विहानै देखी उद्धार कार्य सुरु हुने डिएस्पी दिनेशराज मैनालीले जानकारी दिए । घटनास्थलमा ५ हजार भन्दा वढी स्थानियहरुको भीड लागेको छ ।
उद्दारमा नेपाली सेना, ससस्त्र प्रहरी, प्रहरी लगाएतको टोली उद्धारमा जुटेको छ । वस भित्र वेपत्ता खगेनकोट, ढिमे, रामीडाँडा, डाँडागाउँ,खलंगा, लहँ, सक्ला, रग्दा गाविसका स्थानीयहरु रहेको पाइएको छ । वेपत्ता हुनेमा भारत कमाई गर्न जानेको संख्या धेरै रहेको छ । घटनास्थलमा अहिले रुवावासी चलेको छ ।
तस्बिर /स्रोत साभार /रातो पाटि डट कमबाट