Header Ads

आज हरिबोधिनी एकादशी मनाईंदै, उपत्यकाका विभिन्न स्थानमा विशेष मेला

काठमाडौं, कात्तिक १७ । हरिबोधिनी एकादशी, भगवान विष्णुको आराधना गरी मनाईंदैछ । असार शुक्ल एकादशीका दिन जलमा सयन भएका विष्णु अर्थात नारायण कात्तिक शुक्ल एकादशीका दिन जलबाट उठ्ने पुराणमा उल्लेख छ ।

नारायण सयन गर्नुभएको दिनलाई हरिशयनी र उठ्नुभएको दिनलाई हरिवोधिनी एकादशी भनिन्छ । दुवै एकादशीलाई ठूला एकादशीका रुपमा हिन्दूहरुले मनाउने गर्छन् ।

 सोमबार काठमाडौं उपत्यकाका बुढानिलकण्ठ, इचंगुनारायण, विशंखुनारायण, शेष नारायण र चाँगु नारायणमा विशेष मेला लागिरहेको छ । यी प्रसिद्ध चार नारायणमा कात्तिक शुक्ल पूर्णिमासम्म नै विशेष पूजा आराधना हुने गर्छ ।

Powered by Blogger.