मंगलबार सवैभन्दा पहिला श्रीलंकाका प्रमुख र अन्तमा वंगलादेशकका प्रमुख काठमाडौं अबतरण गर्ने कार्यक्रम तय
काठमाडौं । १८ औं सार्क सम्मेलनमा सहभागी हुनकालागि नेपालमा विशिष्ट पाहुनाहरुको आगमन सुरु भई सकेको छ । सो सम्मेलनमा भाग लिनकालागि मन्त्री तथा पर्यबेक्षकहरुको आगमन सोमबारदेखिनै भएको छ । सार्क राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु मंगलबार दिनभरमा काठमाडौं आइपुग्ने कार्याक्रम रहेको छ ।
सो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँदिल्लीबाट सोझै काठमाडौंमा अवतरण गर्ने नयाँ भ्रमण तालिका समेत परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार श्रींलकाका राष्ट्रपति महेन्दा राजापाक्ष सवैभन्दा पहिला मंगलबार विहान साँढे ९ वजे काठमाडौंमा आइपुग्ने भएका छन् । उनी श्रीलकाका विशेष विमानबाट काठमाडौं उडान भर्न लागेका छन् ।
काठमाडौंमा स्वागत कार्यक्रम सक्नासाथ साथ राष्ट्रपति राजापाक्ष विमानस्थलको अति विशिष्ट कक्षबाट सोझै लुम्बिनी दर्शनका लागि प्रस्थान गर्ने कार्याक्रम तय भएको छ । उनी नेपाली सेनाको सुपुर पुमा चढेर लुम्बिनी जाने छन् । मंगलबार विहान १० वजेर ४५ मीनेट जाँदा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी काठमाडौं अवतरण गर्ने भएका छन् । त्यस्तै भुटानका प्रधानमन्त्री छिरिङ टोव्गे काठमाडौं भुटानको नियमित उडान डुक एयरबाट मंगलबार ११ वजेर ४५ मीनेटमा काठमाडौं आईपुग्ने छन् ।
त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अव्दुल्ला यमीन अव्दुल गयुम मंगलबार १२ वजेर ५ मीनेटमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउसो साँढे तीन वजे भित्र काठमाडौं अवतरण गर्ने कार्याक्रम तय भएको छ । उनको विशेष सुरक्षा दस्ता र मोटर लिएर उनको उडानबाट पहिले भारतीय सेनाको विशेष विमान समेत काठमाडौं आउन लागेको छ ।
मंगलबार ३ वजेर ३५ मीनेट जाँदा पाकिस्तानका प्रधानमन्त्री मुहम्मद नवाज सरिफ काठमाडौंमा अवतरण गर्दैछन् । उनी पाकिस्तानी वायू सेनाको विशेष विमानबाट काठमाडौं आइपुग्दै छन् । उनको सुरक्षा र सवारी कार लिएर सोमबार पाकिस्तानी सेनाका सि–१३० जहाज काठमाडौंमा आउँदै छ । मंगलबार सबैभन्दा अन्तिममा ४ वजेर १५ मीनेटको समयमा वंगलादेशका प्रधानमन्त्री शेख हसिना काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन ।