१८ औँ सार्क शिखर सम्मेलनको लागि बेहुली झैँ सजिएको काठमाडौं - फोटोफिचर सहित
यस पटकको घुमघाम फिचरमा हामीले १८ औँ सार्क शिखर सम्मेलनको लागि बेहुली झैँ सजिएको काठमाडौंको मुख्य स्थलका झलकहरुलाइ पस्केका छौ । सम्मेलनको उद्घाटन आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुने भएको छ । सार्कका वर्तमान अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन अब्दुल गैयुमले १८ औँ शिखर सम्मेलन सुरु भएको घोषणा गर्नुभएपछि मङ्सिर १० गते बिहान ९ः३० बजे आयोजक राष्ट्रका प्रधानमन्त्री कोइरालाले शिखर सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसपछि सम्मेलनले छलफलका कार्यसूची अनुमोदन गरेपछि सार्कको अध्यक्षताका लागि माल्दिभ्सका राष्ट्रपति गैयुमले आयोजक राष्ट्र नेपालका प्रधानमन्त्रीलाई प्रस्ताव गर्नु हुनेछ । उक्त प्रस्तावप्रति सार्कका सबै मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखले स्वीकृति जनाउनु हुनेछ । अध्यक्ष प्रस्तावको स्वीकृतिपछि नेपालका प्रधानमन्त्रीले सार्कको अध्यक्षमा निर्वाचित भएकामा धन्यवाद ज्ञापन गर्दै आफ्नो उद्घाटन सम्बोधन गर्नुहुनेछ । फोटो सौजन्य : उद्धव तामांग (फोटो पत्रकार)
भिडियो रिपोर्टको लागि तलको तस्बिर मुनि क्लिक गरेर हेर्नुहोला !